हजयात्राका लागि आवेदन खुला, एक हजार हजयात्री मक्का जाने - Naya Patrika
Naya Patrika
Follow Us
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय निर्वाचन हुन डेढ महिना मात्रै बाँकी हुँदा पनि सरकार, निर्वाचन आयोग, राजनीतिक दल र मतदाता अन्योलमै १) मोर्चाको आन्दोलन संविधान संशोधन नगरी निर्वाचनमा सहभागी नहुने बताउँदै आएको मधेसी मोर्चा…
पूरा पढ्नुहोस् »

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाका प्रधानसेनापति विपिन रावतलाई बुधबार नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले भारतीय प्रधानसेनापतिलाई महारथीको दज्र्यानी चिह्न, खड्ग…
पूरा पढ्नुहोस् »

नारायणटारका २२ वर्षीय सञ्जीव श्रेष्ठको परिवारलाई नपुग्ने केही छैन । १०–१२ वटा गाडी छन्, व्यापार राम्रो चलेको छ । तैपनि परिवारमा ठूलो तनाव छ । कारण सञ्जीवले विगत १० वर्षदेखि लागुऔषध सेवन गर्दै…
पूरा पढ्नुहोस् »

युरोपियन मुलुकहरूका महिलाहरूले अत्यधिक रुचाउने पहिरन स्कर्ट नेपाली महिलाहरूको रोजाइमा पनि पर्न थालेको छ । विदेशी महिलाहरूहरेक सभा–समारोहमा स्कर्ट लगाउन मन पराउँछन् । सबै उमेर समूहका महिलाहरूलाई सुहाउने तथा लगाउन…
पूरा पढ्नुहोस् »

चालू आर्थिक वर्ष ०७३-७४ को बजेट आउनेबित्तिकै सरकार परिवर्तन भयो । संसद्बाट पूर्ण रूपमा बजेट पास नहुँदै सरकार ढलेकाले वर्तमान सरकारले बजेटको कार्यान्वयनको जिम्मा पायो । बजेट कार्यान्वयन प्रभावकारी गर्न…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी बाराक ओबामा प्रशासनका नीतिहरू खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ह्वाइटहाउसमा आयोजित एक समारोहमा ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पूर्वराष्ट्रपति बाराक ओबामाको नीति…
पूरा पढ्नुहोस् »

बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा आयोजक बङ्गलादेशले नेपाललाई २५८ रनको लक्ष्य दिएको छ । मंगलबार टस जितेपछि नेपालले फिल्डिङ रोजेर बङ्गलादेशलाई पहिले ब्याटिङको निम्तो दिएको थियो…
पूरा पढ्नुहोस् »

वैशाख ३१ मा स्थानीय तहको निर्वाचन मिति घोषणा भएलगत्तै विभिन्न राजनीतिक दल आ–आफ्ना एजेन्डा लिएर जनतामाझ पुग्ने परम्पराको निरन्तरताको कार्यले बिस्तारै तीव्रता लिँदै छ । गाउँघरतिर नेताका अनुहार देखिन थालिएकाले…
पूरा पढ्नुहोस् »

ब्वाइज कट हेयर स्टाइल, ब्ल्याक जिन्स पाइन्ट, लङ ब्ल्याक ज्याकेट र गगल्स पनि ब्ल्याक । सुजाता कोइरालाको गेटअपमा खासै परिवर्तन थिएन, पहिलेभन्दा । तर, पदचापले संकेत गथ्र्यो, शारीरिक शक्ति केही…
पूरा पढ्नुहोस् »

एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको यस आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.२ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेका छन् । नेपाल सरकारको अर्थ मन्त्रालयले ६.५ प्रतिशत वृद्धि लक्ष्य प्राप्त…
पूरा पढ्नुहोस् »

काठमाडौं/फिल्म पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको फिल्म ‘घामपानी’को ट्रेलर सार्वजनिक गरिएको छ । वैशाख १ गते प्रदर्शन हुने फिल्म अन्तर्जातीय प्रेमकथामा बुनिएको छ । फिल्ममा दयाहाङ…
पूरा पढ्नुहोस् »

अली असगर, काठमाडौं   |   चैत ०७, २०७३

नेपाल हज समितिले यस वर्ष हज गर्न जाने हाजी (हजयात्री) हरूका लागि आवेदन खुला गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले साउदी अरब जान इच्छुक हाजीहरूका लागि आवेदन दिन खुला गर्ने निर्णय गरेको हो । समितिले आगामी भदौसम्म हाजीहरूलाई साउदीको मक्का पठाउने तयारी गरेको छ ।

 

यो वर्ष एक हजारजना मात्रै जान पाउने

 

साउदी अरबले दिएको अनुमतिअनुसार नेपालबाट यो वर्ष पनि एक हजार हज गर्न जान पाउने भएका छन् । गत वर्ष सोही संख्याका हाजी मक्का गएका थिए । साउदी अरबले नेपाललाई एक हजार हाजी पठाउन अनुमति दिए पनि नेपाललाई भने त्यो संख्या अपुग हुने गरेको हज समितिका अध्यक्ष मोहम्मद सोऐबले बताए ।

 

१० वैशाखसम्म आवेदन फाराम भर्न पाइने

 

यस वर्ष हजमा जान दुई दिनभित्र राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गर्न निर्णय समिति बैठकले गरेको छ । समितिले १० चैतदेखि १० वैशाखसम्म अर्थात् एक महिनाका लागि आवेदन दिने समय तोकेको छ । प्रत्येक जिल्लाको जिल्लाा प्रशासन कार्यालयमा हज फाराम भर्न पाइने गृह मन्त्रालयले व्यवस्था गरेको छ ।

 

गत वर्षका निवेदक पहिलो प्राथमिकतामा

 

हज समितिले गत वर्ष फाराम भरेर पनि जान नपाएकालाई यस वर्ष पहिलो प्राथमिकतामा राखेको छ । तर, त्यसका लागि उनीहरूले समयमै फेरि नयाँ फाराम भर्नुपर्ने हुन्छ । गत वर्ष ६ सय १५ जना हाजी मक्का जान पाएका थिएनन् ।

 

नयाँ हाजी ३८५ मात्रै

 

एक हजारमध्ये गत वर्ष जान बाँकी रहेका ६ सय १५ बाहेक यो वर्ष नयाँमा ३ सय ८५ जना मात्रै जान पाउनेछन् । तोकिएको मितिभित्रै सुरुमै भर्नेबाट क्रमशः ३ सय ८५ जनालाई छानिन्छ ।

 

गृहमन्त्रीले दिए शुभकामना

 

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आइतबार हज समितिका नवनियुक्त पदाधिकारीलाई शुभकामना दिएका छन् । गृह मन्त्रालयको नियोगको सभाहलमा बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री निधिले सबैको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

 

हाजीहरूको लागि सरकारले दिएन बजेट

 

सरकारले विगतमा हाजीहरूको सहुलियतका लागि आर्थिक सहयोग दिने गरेको थियो । तर, पछिल्लो दुई वर्षयता सरकारले कुनै किसिमको रकम उपलब्ध नगराएको हज समितिले जनाएको छ । सरकारले हाजीहरूको सबै काम व्यवस्थापन गर्न कर्मचारी तथा पदाधिकारीहरूका लागि मात्र एक करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकम पदाधिकारी बैठक, हज व्यवस्थापन गर्न साउदी जाँदा/आउँदा खर्च तथा प्रचारप्रसारमा समितिले खर्च गर्न पाउनेछ । ०६८ सालको जनगणनाअनुसार नेपालमा मुस्लिम समुदायको जनसंख्या ११ लाखभन्दा बढी रहेको छ ।