थापाथलीका बाँदरमा एसआइभी भाइरस, मान्छेमा एचआइभीका रूपमा सर्न सक्ने खतरा - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

अर्जुन अधिकारी, काठमाडाैँ   |   चैत ०७, २०७३

बाँदरमा हुने एसआइभी मान्छेमा एचआइभीका रूपमा सर्न सक्ने खतरा

राजधानीको थापाथलीमा रहेका बाँदरमा एसआइभी एड्सको भाइरस देखिएको छ । युनिभर्सिटी अफ क्यालिफोर्निया विश्वविद्यालय र नेपालको सिएमडिएन संस्थाले गरेको अनुसन्धानमा थापाथलीका बाँदरमा पनि सर्न सक्ने क्यान्सर र एड्सको भाइरस पत्ता लागेको हो । गत ३० फागुनमा राजधानीको पशुपति क्षेत्र र स्वयम्भूका बाँदरमा क्यान्सर र एड्सको भाइरस भएको नयाँ पत्रिकाले समाचार लेखेको थियो । सिएमडिएनका कार्यकारी निर्देशक दिवेश कर्माचार्यले आफूहरूले गरेको अनुसन्धानका क्रममा थापाथलीका बाँदरमा पनि एसआइभीको भाइरस फेला परेको बताए । अनुसन्धानकर्ताले बाँदरबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन् । पशुपति क्षेत्र र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्सको संक्रमण भएको खबर आएपछि अनुसन्धानकर्ताहरूले त्यसलाई थप पुस्ट्याइँ गर्दै बाँदरबाट सचेत रहन आग्रह गरेका हुन् । युनिभर्सिटी अफ क्यालिफोर्निया विश्वविद्यालय र नेपालको सिएमडिएन संस्थाले २०१३ देखि पशुपति, स्वयम्भू र थापाथलीका बाँदरसहित अन्य जनावरमा निरन्तर अध्ययन–अनुसन्धान गरिरहेका छन् ।

 

एचआइभीजस्तै एसआइभी भाइरस

 

निरन्तरको अनुसन्धानमा पशुपति, थापाथली र स्वयम्भूका बाँदरमा मान्छेमा लाग्ने एचआइभीजस्तै बाँदरमा लाग्ने एसआइभी भाइरसको संक्रमण व्यापक मात्रामा देखाएको छ । कर्माचार्यले अनुसन्धानका क्रममा बाँदरमा व्यापक मात्रामा एसआइभी देखिएको भन्दै यो भाइरस मानिसमा सर्न सक्ने सम्भावना बढी भएकाले पशुपति, स्वयम्भू र थापाथलीका बाँदरबाट टाडै रहन सुझाब दिए ।
उनले भने, ‘थापाथली, पशुपति र स्वयम्भूका बाँदर र मानिसहरू कुनै न कुनै रूपले नजिक भएको पाइन्छ । यसले बाँदरमा लागेको रोग मानिसमा सर्न सक्छ र मानिसमा लागेको रोग बाँदरमा सर्न सक्छ । त्यसैले बाँदरबाट अलग्गै रहनुहोस् ।’

 

अझै अनुसन्धान जारी

 

सिएमडिएनले विश्वकै अत्याधुनिक उपकरणहरूका माध्यमबाट जनावरका नमुना नेपालमै परीक्षण गर्दै आएको छ । कर्माचार्यले थपे, ‘पशुपति, स्वयम्भू र थापाथलीका बाँदरमा विभिन्न रोगहरूका बारेमा हामीले २०१३ देखि निरन्तर अनुसन्धान गरिरहेका छौँ । हालसम्मको परीक्षणमा बाँदरमा एड्सको संक्रमण गराउने भाइरस एसआइभी व्यापक मात्रामा रहेको पाएका छौँ । यो नेपालका लागि निकै ठूलो चुनौतीको विषय हो ।’

एचआइभीजस्तै बाँदरमा लाग्ने सिमियन फोमी भाइरस बाँदरमा देखिएको हो । ती क्षेत्रका बाँदरलाई मानिसहरूले खानेकुरा दिने, नजिक जाने र जिस्क्याउने गर्छन् । ‘जनावरबाट मानिसमा सर्न सक्ने गम्भीर रोगको सम्भावना बाँदरमा असाध्यै धेरै भएकाले बाँदरबाट सचेत बन्नुपर्ने अवस्थाको सिर्जना भएको छ,’ कर्माचार्यले भने । पछिल्ला केही वर्षयताका अध्ययनले बाँदरमा भएको विभिन्न रोगको संक्रमण मानिसमा सर्न सक्ने भएकाले सिएमडिएनले नयाँ संक्रमण पत्ता लगाउन बाँदरको डिएनए परीक्षणसमेत भइरहेको कर्माचार्यले जानकारी दिए ।

संस्थाले विभिन्न रोगलाई आधार मानेर थापाथली, पशुपति र स्वयम्भूका ७१ वटा बाँदरबाट नमुना परीक्षण गरेको थियो । त्यसक्रममा ५८ वटा बाँदरमा विभिन्न प्रकारका रोगको संक्रमण देखिएको र १३ वटामा एसआइभी र क्यान्सर गराउन सक्ने भाइरस देखिएको कर्मचार्यले बताए । ‘पशुपतिमा सात, थापाथलीमा चार र स्वयम्भूमा दुईवटा पत्ता लागेको छ, यो अझै अनुसन्धानकै क्रममा रहेको छ । अनुसन्धानका क्रममा बाँदरमा अनेक प्रकारको भाइरसहरू भेटिएका छन्,’ उनले भने । मानिसमा एचआइभी पनि बाँदरबाटै सरेको हो । त्यही प्रकारका भाइरस अनुसन्धानका क्रममा नेपालका बाँदरमा देखिएको छ । कर्माचार्यले थपे, ‘अमेरिकाको वासिङटन विश्वविद्यालयले गरेको अनुसन्धानबाट आएको रिपोर्ट र अहिले हामीले गरेको अनुसन्धानले पनि नेपालका बाँदरमा एसआइभी एड्स र क्यान्सर लाग्न सक्ने भाइरस व्यापक मात्रामा फैलि“दै गएको देखिएको छ । यसकारण मानिसमा सर्ने खतरा धेरै रहेको छ ।’

 

सिमियन फोमीं भाइरस

 

सिमियन फोमीं भाइरस भएका बाँदरहरूमा अन्य रोगहरूले आक्रमण सहज रूपमा गर्छ । यो समस्या मानिसमा पनि हुने गरेको छ । एसआइभीको भाइरस लागेपछि विभिन्न रोगहरू थपिँदै जान्छ र एड्सको संक्रमण हुन्छ । यो बाँदर र मान्छेमा एउटै प्रक्रिया हो । शरीर कमजोर भएपछि टिबी, हेपाटाइटिस आदि लाग्छ, जसलाई एड्स भन्ने गरिन्छ । सिमियन फोमिं भाइरस रेट्रोभाइरस फेमलीमा पर्ने भाइरस हो । मान्छेमा लाग्ने एचआइभी पनि त्यही भाइरसको माध्यमबाट लाग्ने गर्दछ ।

 

याे पनि पढ्नुस्…

पशुपति र स्वयम्भूका ९७% बाँदरमा क्यान्सर र एड्स