हिन्दू राष्ट्रका पक्षमा राप्रपाको संविधान संशोधन विधेयक - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  रेसुंगा नगरपालिकामा १४ वडामध्ये ९ वटा वडाको अहिलेसम्म कार्यालय टुङ्गो लागेको छैन् । कार्यालय नहुँदा जनप्रतिनिधिको पदभार ग्रहणसमेत रोकिएको छ । ‘कार्यालय टुङ्गो छैन, सबै जना नगरपालिकामै थुप्रिन्छौ, जनताका…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

क्यानन केपिए वेडिङ फोेटो अवार्ड २०१७ को उपाधी चितवनका सुमन सापकोटाले जितेका छन् । उनको बिबाहमा खिचेको तस्बिर पहिलो बनेको हो । फोटोग्राफर सापकोटाले क्यानन ६ डि क्यामेरा समेत जिते…
पूरा पढ्नुहोस् »

  उच्च कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको प्रमुख कारण अस्वस्थ आहार सेवन गर्नु हो । सोही कारण खानपिनमा सुधार गरे अधिकांश व्यक्तिमा विनाऔषधि कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ र धेरै बिरामीमा औषधिको मात्रा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सन स्पाइसरले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभिन्नता प्रकट गर्दै प्रेस सचिव स्पाइसरले राजीनामा दिएका हुन् । संस्थाभित्र फेरबदलका कारण…
पूरा पढ्नुहोस् »

सात करोड ६० हजार पाउन्ड खर्चंदै चेल्सीले गर्‍यो अल्भारो मोराटासँग पाँच वर्षको सम्झौता इंग्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीले शनिबार रियल म्याड्रिडका स्ट्राइकर अल्भारो मोराटालाई भित्राएको छ । चेल्सीले सात करोड…
पूरा पढ्नुहोस् »

संसद्का विभिन्न समितिबीच कार्यक्षेत्र र क्षेत्राधिकारको विषयलाई लिएर पटक–पटक किन विवाद हुन्छ ? यस्तो हुनु भनेको समितिको सभापतिसँग राम्रो ज्ञान नभएर हो । आफ्नो समितिको क्षेत्राधिकारबारे राम्रो ज्ञान सभापतिसँग हुनुपर्छ…
पूरा पढ्नुहोस् »

  ‘दिनभरको काम सकेर बेलुकी कुट्न थालेको धान मध्यरातमा चामल बन्थ्यो । गाउँलेको रातको निन्द्र र दिनको भाक हरण गरेको ढिकी जाँतोको जिन्दगीले अहिले अराम पाएको छ’ आठराई गाउँपालिका–२, खाम्लालुङका…
पूरा पढ्नुहोस् »

नेपालमा संघीयता अभ्यासको क्रममा छ । संविधानले नेपालमा तीन तहको सरकारको परिकल्पना गरेको छ । तीमध्ये स्थानीय तह मात्र त्यस्तो एकाइ हो, जसका प्रमुख उपप्रमुखसहित सबै कार्यकारी प्रत्यक्ष रूपमा जनताको…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

शुरोजंग पाण्डे, काठमाडाैँ   |   चैत ०७, २०७३

सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षता हटाएर हिन्दू राष्ट्र कायम गर्नुपर्ने पक्षमा संविधान संशोधन विधेयक दर्ता गराएको छ । राप्रपाका ६ जना सांसदले आइतबार व्यवस्थापिका–संसद् सचिवालयमा संशोधन विधेयक दर्ता गराएका हुन् । नेपालको संविधानको धारा ४ को उपधारा १ मा रहेको ‘धर्मनिरपेक्ष’ भन्ने पदावलीको सट्टा ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र’ भन्ने वाक्यांश राख्नुपर्ने प्रस्ताव विधेयकमा गरिएको छ । विधेयकमा सांसदहरू कुन्तीकुमारी शाही, जयन्त चन्द, विक्रमबहादुर थापा, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र भक्तबहादुर विक खपांगीले हस्ताक्षर गरेका छन् । ‘सदन, सडक र न्यायिक उपचार खोज्ने केन्द्रीय समितिको निर्णयअनुसार धर्मनिरपेक्षताको सट्टा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र हुनुपर्छ भन्ने प्रस्तावसहित संविधानको धारा ४ को उपधारा १ मा संशोधन हालेका हौँ,’ राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘सभामुख र संसद् सचिवालयका महासचिवसँगको परामर्शका आधारमा गैरसरकारी विधेयकका रूपमा संशोधन हालेका छौँ, अब छिटै टेबल हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

 

एउटा टुंगो नलाग्दै अर्को संशोधन

 

मधेसी मोर्चाको माग सम्बोधनका लागि चार विषयमा सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकको टुंगो नलाग्दै राप्रपाले अर्को संशोधन दर्ता गराएको हो । सरकारले गत १४ मंसिरमा विधेयक दर्ता गराई विपक्षी नौ दलको अवरोधका बाबजुद २४ पुसमा टेबुल गराएको थियो । उक्त विधेयकमाथि संशोधन हालिए पनि प्रक्रिया टुंगो नलाग्दै राप्रपाले हिन्दू राष्ट्रका पक्षमा संशोधन दर्ता गराएको छ । निर्वाचन आयोगले गत शुक्रबार पार्टी विधानबाट राजसंस्था र हिन्दू राष्ट्रको शब्दावली हटाइदिएपछि शनिबार बसेको राप्रपा केन्द्रीय समितिको आकस्मिक बैठकले संशोधन दर्ता गराउने निर्णय गरेको थियो ।

 

विधेयकमा औचित्य पुष्टि गर्ने प्रयास

 

राप्रपाले संशोधन विधेयकमा औचित्य पुष्टि गर्ने प्रयास गर्दै दर्ताको कारण र उद्देश्यमाथि प्रकाश पारेको छ । ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक राष्ट्र हुँदाहुँदै पनि ८१ प्रतिशतभन्दा बढी हिन्दू, नौ प्रतिशत बौद्ध र तीन प्रतिशत किरात धर्मलगायत ९४ प्रतिशतभन्दा बढी ओमकार परिवारका जनता रहेको र सबै समुदायबीच सौहार्दपूर्ण सम्बन्ध रही एकआपसमा धार्मिक सहिष्णुता रहेको, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र रहने गरी संविधानमा संशोधन हुन उपयुक्त भएकाले धर्मनिरपेक्षको सट्टा पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन हिन्दू राष्ट्र राख्नका लागि यो संशोधन विधेयक पेस गरेको छु,’ हस्ताक्षरकर्ता ६ सांसदले भनेका छन् । राप्रपाले नेपाललाई सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र कायम गर्नुपर्ने र संसद्अन्तर्गत रहने राजसंस्थासहितको लोकतन्त्र हुनुपर्ने पक्षमा वकालत गर्दै आइरहेको छ । उसले यसै विषयमा पनि संविधान जारी गर्ने वेला फरक मत राखेको थियो ।

राप्रपाका थप योजना

 

१) निर्वाचन आयोगलाई ज्ञापनपत्र

 

पार्टी विधानबाट सनातन हिन्दू धर्म र संसद्अन्तर्गत रहने संवैधानिक राजतन्त्र हटाइएको विरोधमा राप्रपाले सोमबार (आज) देशभरका निर्वाचन आयोगका कार्यालयअगाडि धर्ना दिएर आयोगलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । ‘निर्वाचन आयोगका सबै जिल्ला कार्यालयमा ज्ञापनपत्र बुझाएर सडकमा धर्ना दिन्छौँ,’ सहप्रवक्ता श्रेष्ठले भने ।

 

२) पुनर्विचार गर्न आग्रह गर्ने

 

राप्रपाले निर्वाचन आयोगलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । पार्टीको मूलभूत मान्यतालाई नै निषेध गर्ने गरी निर्वाचन आयोगले त्यस्तो निर्णय गरेको भन्दै उसले सो निर्णयमा पुनर्विचार गर्न आयोगसँग आग्रह गरेको छ । संविधानमा आफ्नो पार्टीको आलोचनात्मक समर्थन रहेको स्मरण गराउँदै उसले निर्णयमा पुनर्विचार गर्न भनेको हो ।

 

३) कानुनी उपचार खोज्ने

 

राप्रपाले आयोगको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने निर्णय पनि गरेको छ । आयोगको निर्णयबाट आफ्नो पार्टीको संवैधानिक हक खोसिएको भन्दै त्यसबारे कानुनी उपचार खोज्ने बाटोमा राप्रपा जान लागेको हो । जसका लागि शनिबारबाटै पार्टीनिकट कानुन व्यवसायी र वरिष्ठ अधिवक्ताहरूसँग परामर्श र छलफल सुरु गरिसकेको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । कानुन व्यवसायीहरूलाई संविधानको मूल मर्ममा रहेर संवैधानिक अधिकार क्षेत्रमा रहेर रिट तयार पर्ने गरी राप्रपा शीर्ष नेताहरूले छलफल गरेका छन् । ढिलोमा १० चैतभित्रै संवैधानिक हक कायम हुन पाउनुपर्ने माग गर्दै रिट दयार गरेर जाने तयारीमा राप्रपा छ ।

 

४) सँगसँगै आन्दोलनमा जाने

 

राप्रपाले निर्वाचन आयोगलाई आफ्नो निर्णय पुनर्विचार गराउन दबाब दिने उद्देश्यले आन्दोलन पनि गर्ने भएको छ । शनिबार बसेको राप्रपाको आकिस्मक बैठकले आयोगको निर्णय पुनर्विचारको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । ‘राजासहितको लोकतन्त्र र सनातन हिन्दू राष्ट्र राप्रपाको आत्मा हो, हामी यसमा लचकता प्रदर्शन गर्न सक्दैनौँ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘हामीले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छौँ ।’