ट्रम्प ह्वाइट हाउसभित्रै असुरक्षित - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरू बहुमतीय प्रक्रियाबाटै…
पूरा पढ्नुहोस् »

अर्थशास्त्रीहरूले लेखेको र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवालीले सम्पादन गरेको ‘पोलिटिकल इकोनोमी अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ । पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे र डा. रामशरण महतका…
पूरा पढ्नुहोस् »

औषधिको मूल्यमा मनपरी भएको पाइएपछि स्वास्थ्यमन्त्री गगन थापाले सहुलियत दरमा सीधै कम्पनीबाट आयात गर्ने अभियान थालेका छन् । फार्मेसीबाट किनेका औषधि अत्यधिक महँगो भएको भन्दै उनले त्यसलाई रोक्न उत्पादक कम्पनीबाटै…
पूरा पढ्नुहोस् »

नेपाल आयल निगमले नेसनल ट्रेडिङ लिमिटेडको टेकुमा रहेको ५१ रोपनी जग्गा खरिद गर्ने निर्णय गरेको छ । कर्मचारीलाई बिदाइ गर्न हतार गरिरहेको नेसनलट्रेडिङलाई बैनाबापत निगमले २५ करोड रुपैयाँ दिन  लागेको…
पूरा पढ्नुहोस् »

बकिङघम दरबार, डाउनिङ स्ट्रिट, विदेशी दूतावास र वेस्टमिनिस्टरको सुरक्षाका लागि सेना खटिने बेलायतमा आतंकवाद जोखिमको तहलाई सबैभन्दा उच्च विन्दुमा पुर्याइएको छ । अतिवादीले सोमबार राति म्यानचेस्टरमा बीभत्स हमला गरेसँगै सरकारले…
पूरा पढ्नुहोस् »

पहिलोपटक युरोपा लिग जितेसँगै म्यानचेस्टर युनाइटेड सीधै युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा छनोट  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलोपटक युरोपा लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । म्यानचेस्टरले शुक्रबार एज्याक्समाथि २–०…
पूरा पढ्नुहोस् »

संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाबाट हामी अगाडि बढ्दै छौँ । त्यस क्रममा हामीले ७ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । यसै क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन (प्रदेश नं. ३,…
पूरा पढ्नुहोस् »

जसलाई फुर्छ कविता, सडकपेटीमा तरकारी बेच्दाबेच्दै । जो गजलका मतला, शेर, काफिया, रदिफ र बहर जन्माउँछन्, तरकारीको ठेलागाडा ठेल्दाठेल्दै । कवितामै उतार्छन्, स्वाभिमान । पेसाले सडकपेटीमा तरकारी बेच्ने उनी लेखनको…
पूरा पढ्नुहोस् »

नेपालको संसद् प्रायजसो आवश्यक काममा कम र अनावश्यक झमेलामा बढी समय बिताउने गर्छ । ०४८ पछिको संसदीय अभ्यासमा संसद्ले गम्भीर राजनीतिक विमर्श, आर्थिक नीतिमाथि सार्थक बहस, सामाजिक रूपान्तरणका कार्यसूचीलाई निष्कर्षमा…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

एजेन्सी   |   चैत ०६, २०७३

आतंककारी हमला भएमा ट्रम्पको सुरक्षा गर्ने कोही नहुने
न्युयोर्क/राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै असुरक्षित भएको र आतंककारी हमला भएमा गुप्तचर सेवाका कर्मचारीले समेत ट्रम्पलाई बचाउन नसक्ने एक पूर्व गुप्तचर एजेन्टले बताएका छन् । यसअघिका राष्ट्रपतिहरूलाई सुरक्षा प्रदान गरेका गुप्तचर एजेन्ट डान बोनगिनोले ट्रम्प हवाइटहाउसभित्र असुरक्षित रहेको बताएका हुन् । गत साता एक शंकास्पद व्यक्ति ह्वाइट हाउसको पर्खाल चढेर झन्डै १५ मिनेटसम्म घुमेका थिए । प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । सो घटनापछि ह्वाइट हाउसको सुरक्षाबारे अमेरिकामा चासो बढेको छ ।

‘ट्रम्प ह्वाइट हाउसभित्र सुरक्षित छैनन् । ट्रम्पको सुरक्षाका लागि आवश्यक स्रोतसाधन र सुरक्षाकर्मी गुप्तचर निकायसँग उपलब्ध छैन,’ उनले भने । बोनगिनोले कुनै वेला पूर्वराष्ट्रपति बाराक ओबामा र जर्ज डब्लु बुसलाई सुरक्षा प्रदान गरेका थिए । आतंककारी हमला भएमा ट्रम्पको सुरक्षा गर्ने कोही नहुने उनले बताए ।

‘गुप्तचर निकायले एकजना व्यक्तिलाई ह्वाइट हाउसको परिसरबाट हटाउन सक्दैन । यदि ४० जना आतंककारी ह्वाइट हाउस प्रवेश गरे के हुन्छ ? विश्वास गर्नुहोस् यसबारेमा अतिवादीले सोचविचार गरिसकेका छन्,’ उनले दाबी गरे ।

यसै, गत साता पक्राउ परेका व्यक्तिको पहिचान खुलेको र उनीमाथि अनुसन्धान सुरु भएको गुप्तचर निकायले जनाएको छ । ती व्यक्ति पर्खाल चढ्दा ट्रम्प आफ्नो निवासमा थिए । ओबामा ह्वाइट हाउसमा रहँदा पनि सुरक्षामा केही चुनौती देखिएका थिए, तर शंकास्पद व्यक्ति ह्वाइट हाउसको पर्खाल चढेर १५ मिनेटसम्म हिँड्डुल गरेको भने पहिलोपटक हो ।