मेची–महाकाली अभियानको सन्देश - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरू बहुमतीय प्रक्रियाबाटै…
पूरा पढ्नुहोस् »

अर्थशास्त्रीहरूले लेखेको र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवालीले सम्पादन गरेको ‘पोलिटिकल इकोनोमी अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ । पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे र डा. रामशरण महतका…
पूरा पढ्नुहोस् »

औषधिको मूल्यमा मनपरी भएको पाइएपछि स्वास्थ्यमन्त्री गगन थापाले सहुलियत दरमा सीधै कम्पनीबाट आयात गर्ने अभियान थालेका छन् । फार्मेसीबाट किनेका औषधि अत्यधिक महँगो भएको भन्दै उनले त्यसलाई रोक्न उत्पादक कम्पनीबाटै…
पूरा पढ्नुहोस् »

नेपाल आयल निगमले नेसनल ट्रेडिङ लिमिटेडको टेकुमा रहेको ५१ रोपनी जग्गा खरिद गर्ने निर्णय गरेको छ । कर्मचारीलाई बिदाइ गर्न हतार गरिरहेको नेसनलट्रेडिङलाई बैनाबापत निगमले २५ करोड रुपैयाँ दिन  लागेको…
पूरा पढ्नुहोस् »

बकिङघम दरबार, डाउनिङ स्ट्रिट, विदेशी दूतावास र वेस्टमिनिस्टरको सुरक्षाका लागि सेना खटिने बेलायतमा आतंकवाद जोखिमको तहलाई सबैभन्दा उच्च विन्दुमा पुर्याइएको छ । अतिवादीले सोमबार राति म्यानचेस्टरमा बीभत्स हमला गरेसँगै सरकारले…
पूरा पढ्नुहोस् »

पहिलोपटक युरोपा लिग जितेसँगै म्यानचेस्टर युनाइटेड सीधै युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा छनोट  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलोपटक युरोपा लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । म्यानचेस्टरले शुक्रबार एज्याक्समाथि २–०…
पूरा पढ्नुहोस् »

संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाबाट हामी अगाडि बढ्दै छौँ । त्यस क्रममा हामीले ७ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । यसै क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन (प्रदेश नं. ३,…
पूरा पढ्नुहोस् »

जसलाई फुर्छ कविता, सडकपेटीमा तरकारी बेच्दाबेच्दै । जो गजलका मतला, शेर, काफिया, रदिफ र बहर जन्माउँछन्, तरकारीको ठेलागाडा ठेल्दाठेल्दै । कवितामै उतार्छन्, स्वाभिमान । पेसाले सडकपेटीमा तरकारी बेच्ने उनी लेखनको…
पूरा पढ्नुहोस् »

नेपालको संसद् प्रायजसो आवश्यक काममा कम र अनावश्यक झमेलामा बढी समय बिताउने गर्छ । ०४८ पछिको संसदीय अभ्यासमा संसद्ले गम्भीर राजनीतिक विमर्श, आर्थिक नीतिमाथि सार्थक बहस, सामाजिक रूपान्तरणका कार्यसूचीलाई निष्कर्षमा…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

सूर्य थापा   |   चैत ०६, २०७३

नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय अभियान झापाको काँकडभिट्टाबाट सुरु भएर कञ्चनपुरको महेन्द्रनगरमा समापन र सुर्खेतको वीरेन्द्रनगरमा घोषणा-सन्देश सभा गरी सम्पन्न भएको छ । यस अभियानले तराई–मधेसका २२ जिल्ला र सिंगो देशलाई केन्द्रित र जागृत गर्ने, तरंगित र प्रभावित गर्ने, पार्टीको दृष्टिकोण प्रवाह गर्ने र राष्ट्रिय एकताको पक्षमा आमजनधारणा बनाउने महत्वपूर्ण काम गरेको छ । मेचीको सीमावर्ती बजार काँकडभिट्टामा २१ फागुनमा सुखानीका सहिदहरूको स्मृति दिवस पारेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेपछि यो अभियान पश्चिम नेपालतर्फ अघि बढेको थियो ।

मेची–महाकाली अभियानले पूर्वी नेपालमा फरक खालको माहोल सिर्जना गर्यो‍ । त्यस प्रकारको माहोललाई सप्तरीको राजविराजमा आइपुग्दा ‘सेबोटेज’ गर्न खोजियो, बीचमै रोक्न खोजियो । अगाडि बढ्न नदिनका लागि सांघातिक र हिंस्रक हमलासम्मका प्रयास भए । राजविराज आइपुग्दा अभियानले एउटा उचाइ लिइसकेको थियो । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र परिसरभित्र दसौँ हजार मधेसी समुदायबीच सम्पन्न जनसभा त्यसको एउटा दरिलो उदाहरण थियो ।

पार्टीका नेताहरूले मैथिली भाषामा सम्बोधन गरे । त्यसक्रममा पार्टीले समग्र तराई–मधेस क्षेत्रका निम्ति इतिहासदेखि आजसम्म गरेका कामबारे सविस्तार बताउने, छरिएका भ्रमबारे प्रस्ट पारेर त्यस्ता भ्रम हटाउने प्रयास भए । यद्यपि, त्यो जनसभाबारे सञ्चारमाध्यममा कमै चर्चा भयो । त्यसको स्थान मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको सुनियोजित भिडन्तमा घाइते भएका र ज्यान गुमाएका पाँचजना व्यक्तिको दुःखद घटनाले लियो । मानवीय क्षतिको स्थितिमा त्यस ढंगको संवेदनशीलता स्वाभाविकै पनि थियो ।

यो अभियान सप्तरीकेन्द्रित, राजविराजलक्षित वा एक वा दुई दिनका लागि मात्रै थिएन । तैपनि, इनरुवादेखि नै हामीलाई कालो झन्डा देखाउने काम भयो । एकजना महिला पूर्वसभासद्ले त आफ्नो जुत्ताले अभियानको गाडीमा प्रहार गर्नेसम्मका काम गरिन् । त्यसक्रममा बाटोभरि सय हाराहारीको संख्यामा मधेसी मोर्चाका कार्यकर्ता कालो झन्डा देखाएर सडकमा उत्रिएका देखिन्थे । हाम्रो अभियानको सिंगो टिम ती कालो झन्डा हेर्दै अघि बढ्यो ।

मेची–महाकाली अभियानले संविधान कार्यान्वयन, निर्वाचन, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा सिंगो देशलाई तरंगित, जागृत र परिचालित गर्न महत्वपूर्ण सफलता हासिल गरेको छ । घोषित स्थानीय तहको निर्वाचनको तयारीका लागि यसले अतुलनीय योगदान गरेको छ ।

राजविराजमा किन त्यस खालको आक्रमणको घटना भयो ? राजविराजमा पुग्दा किन अभियानलाई त्यसरी सेबोटेज गर्न खोजियो ? यो अत्यन्त महत्वपूर्ण तर अनुत्तरित प्रश्न रहेको छ । यदि यो अभियानको सिलसिला सिराहाको गोलबजार, सर्लाहीको हरिऔन, बारा–पर्साको जितपुर, रौतहटको चन्द्रनिगाहपुर र गरुडा बजार छिचोलेर महोत्तरीको बर्दिवास र धनुषाको जनकपुर पुग्ने कार्यक्रम नरोकिएको भए तराई–मधेसमा विद्यमान भ्रमको तुवाँलो हट्ने निश्चित थियो । यस अभियानले सिंगो तराई–मधेस क्षेत्रलाई राष्ट्रिय एकताको नयाँ सूत्र र भावधारमा जोड्ने काम गर्ने माहोल बन्नेवाला थियो । त्यहाँका जनसमुदायलाई रोजगारी, शिक्षा, स्वास्थ्य, आधुनिकता, विकास र समृद्धिको दिशामा अघि बढ्न र बढाउन यो अभियानले अझ प्रेरित गथ्र्यो नै ।

नयाँ संविधान जारी भएपछि सरकारमा हुँदा तर्जुमा गरेको नीति–कार्यक्रम र बजेटमार्फत अघि सारेका योजनाका सम्बन्धमा सविस्तार चर्चा गर्ने काम यस अभियानका क्रममा त्यहाँ अत्यन्त व्यवस्थित रूपमा हुन्थ्यो । तर, त्यसलाई रोक्ने प्रयास र हर्कत भयो । एमालेले जनताबीच पुगेर कुरा राख्यो भने आफूले छरेका भ्रमका कनिका हट्नेछन्, भ्रमका सबैखाले तुवाँलो फाट्नेछन् र तराई मधेसमा एमाले जनताबीच स्थापित हुनेछ भन्ने भय मधेसी मोर्चाका नेता–कार्यकर्तामा छायो । यस स्थितिलाई मध्यनजर गरेर नेपालको राष्ट्रिय हित, एकता, सार्वभौमसत्ता र समृद्धि नचाहने तत्वहरू एकजुट हुन पुगे । मुलुकभित्र र बाहिर सबैतिरका तत्वहरू एकगठ भए । उनीहरू सबैले मधेसी मोर्चालाई मोहरा बनाएर अघि बढे । राजविराज घटना त्यसैको परिणाम थियो ।

त्यस घटनाअघि र पछि पनि एमाले अत्यन्त संयमित रह्यो । पार्टीका तर्फबाट कुनै प्रकारको प्रतिवाद भएन । अभियान टोली वा उपस्थित जनसमुदायका तर्फबाट एउटा ढुंगासम्म पनि प्रहार भएन । त्यहाँ जुन जम्काभेट या आमने–सामने र भिडन्त भयो, त्यो केवल सुरक्षाकर्मी र मधेसी मोर्चाका नाममा परिचालित मोहराबीच भयो । एमालेकोे त कालो झन्डा हेर्नेबाहेक कुनै व्यक्ति र मोर्चावालासँग आमने–सामने नै भएन । त्यो घटना वास्तवमै दुःखद थियो । त्यही दुःखद घटनाको स्थितिलाई मध्यनजर गरेरै हामीले तीन दिनसम्म तराई मधेसमा सञ्चालन गर्ने भनिएको अभियान स्थगित ग¥यौँ । घटनाबाट उत्पन्न संवेदनशीलतालाई एमालेले गम्भीरतापूर्वक लिएको त्यस निर्णयले देखाउँछ ।

२७ फागनुमा हेटौँडाको भुटनदेवी विद्यालय, जहाँ नेपाल राष्ट्रिय शिक्षक संगठनको स्थापना भएको थियो, त्यहाँबाट हामीले अभियान पुनः सञ्चालन गर्यौँ‍ र अभियान पश्चिम नेपालतर्फ लाग्यो । त्यसपछि अभियान मनहरी, लोथर, भण्डारा, नारायणगढ हुँदै चितवनमा अत्यन्त उत्साहसाथ सम्पन्न भयो । त्यहाँ एक घर : एक घडा स्वागतमा राखिएको थियो । एक घर : एक मोटर साइकल लिएर स्थानीय अभियानमा सामेल भए । गाडी हुनेहरू गाडी लिएर र्या‍लीमा सहभागी बन्न आए । समग्रमा भन्नुपर्दा जोसँग जे साधन छ, त्यही लिएर जनसमुदाय अभियानमा सहभागी भए । नारायणी किनारमा सबैभन्दा ठूलो जनसहभागितामा बृहत् जनसभा आयोजना भयो । चितवनका न्यायप्रेमी जनसमुदायले एमालेलाई न्यानो स्वागत गरे । यसरी अभियान निरन्तर अघि बढ्यो ।

प्रदेश नं. ४ को नवलपुरमा अर्को विशाल कार्यक्रम सम्पन्न भयो । त्यहाँ विभिन्न टोली बनाई घरघरमा पुगेर ४ नं. प्रदेश समन्वय कमिटीले मातहतका अगुवा नेता कार्यकर्तालाई व्यवस्थित रूपमा परिचालन गरेको थियो । नवलपुरको कार्यक्रममा जिल्लाका तीनवटा निर्वाचन क्षेत्रका सबै अगुवा कार्यकर्ता, समर्थक र शुभेच्छुक सहभागी भएका थिए । त्यसले निर्वाचनको पक्षमा अत्यन्त भव्य र सानदार योगदान गरेको छ । तत्पश्चात् बर्दघाटबाट थालनी गरेर प्रदेश नं. ५ मा परासीको भुमईमा जनसभा सम्पन्न गरी परासी बजार हुँदै भैरहवा जाने टोलीलाई रोक्न मधेसी मोर्चाका कार्यकर्ताले फेरि कालो झन्डा प्रदर्शन र अवरोध गरे । एमाले उनीहरूसँग लाप्पा खेल्न, अनावश्यक झगडा गर्न, हिंसात्मक वारदात गराउन र उनीहरूसँग युद्ध गर्न त्यहाँ पुगेको थिएन । तसर्थ, भुमहीबाट देवदह, बुटवल चौराहा हुँदै अभियान भैरहवातर्फ लाग्यो । किनभने, एमालेको लक्ष्य भैरहवा थियो । भैरहवाको अञ्चलपुरमा राजविराजपछि मधेसी बाहुल्य क्षेत्रमा अभियानकै सबभन्दा ठूलो र भव्य जनसभा आयोजना भयो, जहाँ मधेसी जनसमुदायको व्यापक सहभागिता थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले काँकडभिट्टा, विराटचोक, इटहरी, राजविराज, हेटौँडा, नारायणगढ, नवलपुर र भैरहवाका जनसभालाई आफैँले सम्बोधन गरेर जनजागरणलाई नेतृत्व प्रदान गरे । पार्टीका वरिष्ठ नेता खनाल र माधवकुमार नेपाल, वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलसहित पार्टीको मूल नेतृत्व नै अभियानमा सहभागी बनेको थियो । यसले मधेसी मोर्चा र अरू विभिन्न पक्षले सिर्जना गरेका तमाम खाले भ्रम तोड्न महत्वपूर्ण सफलता मिलेको छ ।

भैरहवापछि पण्डित नारायणप्रसाद पोखरेलको हत्या भएको रुपन्देहीको रामापुरमा जनसभा भयो । त्यसपछि कपिलवस्तुको ४ नं. जितपुरमा अर्घाखाँची र कपिलवस्तुको संयुक्त जनसभा भयो । अनि चन्द्रौटामा पदयात्रा गर्दै अभियान दाङको लमहीमा रोल्पा, रुकुम र प्युठानका जनता सम्मिलित संयुक्त जनसभामा सहभागी भयो । यो जनसभा यसअघि दाङमा गरिएका अरू जनसभाभन्दा अत्यन्त भव्य र सानदार बन्यो । सभामा व्यापक जनसहभागिता थियो । भोलिपल्ट बाँकेको नेपालगन्जमा त्यस्तै ठूलो जनसभा भयो । तत्पश्चात् अभियान खजुरा भएर गुलरिया पुग्ने कार्यक्रम थियो । तर, त्यहाँ पनि मधेसी मोर्चाको नाममा विभिन्न समूह र नाबालकहरू सम्मिलित जत्थाले अवरोधको प्रयास गरेको जगजाहेर छ । उनीहरूले हिंसा र आतंक मच्चाउने प्रयास गरे । बसमा आगो लगाए । तैपनि, अभियानको लक्ष्य त गुलरिया थियो । त्यसो हुँदा अभियान टाली–कोहलपुर भएर बाँसगढी, मैनापोखर हुँदै गुलरिया पुग्यो ।

बर्दियाको गुलरिया र राजापुरपछि कैलालीको टीकापुर र लम्कीजस्ता ठाउँमा जुन जनसभा भए, सशस्त्र द्वन्द्वमा अति प्रभावित र नरसंहार मच्चाइएको टीकापुरको जनप्रदर्शन र जनसभा शान्तिपूर्ण जनपरिचालनको दृष्टान्त नै रह्यो । त्यसबाहेक थारू समुदायको जिम्मा आफैँले लिएको भनेर ठेकेदारी गर्ने व्यक्तिहरूले हिंसा भड्काएको ठाउँसमेत हो यो । त्यहाँ पनि हजारौँको सहभागितामा जनसभा भयो । टीकापुरमा विगतमा जुन नरसंहार मच्चाइएको थियो, त्यहाँ पुगेर भव्य आमसभा गरी यस अभियानले यस्ता नरसंहार गलत छन् भन्ने स्पष्ट सन्देश प्रवाहित गरेको छ ।

एमालेले जुन जिल्ला टेक्यो, त्यहाँ जिल्ला बन्द र अवरोध घोषणा गरिए पनि त्यसलाई छिचोल्दै ३ चैतमा धनगढी र महेन्द्रनगरका विशाल जनसभा सम्पन्न भए । महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी १६ बुँदामा यस अभियानको समीक्षा र निष्कर्ष सार्वजनिक गरिएको छ । वास्तवमा यस अभियानले सबैलाई नजिकबाट छोएको छ । यसले पूर्व–पश्चिम र उत्तर–दक्षिणका सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई परस्परमा जोडेको छ । सुर्खेतमा ५ गते आयोजित जनसभाका साथ अभियान सम्पन्न भएको छ । प्रदेश नं. ६ को सुर्खेतमा आइपुग्दासम्म यस अभियानले मेची–महाकाली महायात्रा र महाजागरण अभियानको स्वरूप ग्रहण गरेर सम्पन्न भएको छ । समग्रमा यो अभियान देशभरिका ५० लाख जनसमुदायबीच पुग्न सफल भएको छ, जनसभामा लाखौँलाखको प्रत्यक्ष सहभागिता भएको छ, २७ हजारभन्दा बढी विभिन्न पार्टीका नेता–कार्यकर्ता एमालेमा समाहित भएका छन् । यसले संविधान कार्यान्वयन, निर्वाचन, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा सिंगो देशलाई तरंगित, जागृत र परिचालित गर्न महत्वपूर्ण सफलता हासिल गरेको छ । मूलतः घोषित स्थानीय तहको निर्वाचनको तम्तयारीका लागि यसले अतुलनीय योगदान गरेको छ ।

(थापा एमाले केन्द्रीय सदस्य हुन्)
तपाईंलाई थापाको विचार कस्तो लाग्यो ? np<space> पछि प्रतिक्रिया, आफ्नो नाम र ठेगानासमेत टाइप गरी ३३६२४ मा एसएमएस गर्नुहोस्, प्रतिक्रिया प्रकाशित हुनेछ ।