राधाकृष्ण मैनालीको जवाफ,‘एमालेको विरोध गर्न पुस्तक लेखेको होइन’ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरू बहुमतीय प्रक्रियाबाटै…
पूरा पढ्नुहोस् »

अर्थशास्त्रीहरूले लेखेको र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवालीले सम्पादन गरेको ‘पोलिटिकल इकोनोमी अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ । पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे र डा. रामशरण महतका…
पूरा पढ्नुहोस् »

औषधिको मूल्यमा मनपरी भएको पाइएपछि स्वास्थ्यमन्त्री गगन थापाले सहुलियत दरमा सीधै कम्पनीबाट आयात गर्ने अभियान थालेका छन् । फार्मेसीबाट किनेका औषधि अत्यधिक महँगो भएको भन्दै उनले त्यसलाई रोक्न उत्पादक कम्पनीबाटै…
पूरा पढ्नुहोस् »

नेपाल आयल निगमले नेसनल ट्रेडिङ लिमिटेडको टेकुमा रहेको ५१ रोपनी जग्गा खरिद गर्ने निर्णय गरेको छ । कर्मचारीलाई बिदाइ गर्न हतार गरिरहेको नेसनलट्रेडिङलाई बैनाबापत निगमले २५ करोड रुपैयाँ दिन  लागेको…
पूरा पढ्नुहोस् »

बकिङघम दरबार, डाउनिङ स्ट्रिट, विदेशी दूतावास र वेस्टमिनिस्टरको सुरक्षाका लागि सेना खटिने बेलायतमा आतंकवाद जोखिमको तहलाई सबैभन्दा उच्च विन्दुमा पुर्याइएको छ । अतिवादीले सोमबार राति म्यानचेस्टरमा बीभत्स हमला गरेसँगै सरकारले…
पूरा पढ्नुहोस् »

पहिलोपटक युरोपा लिग जितेसँगै म्यानचेस्टर युनाइटेड सीधै युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा छनोट  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलोपटक युरोपा लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । म्यानचेस्टरले शुक्रबार एज्याक्समाथि २–०…
पूरा पढ्नुहोस् »

संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाबाट हामी अगाडि बढ्दै छौँ । त्यस क्रममा हामीले ७ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । यसै क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन (प्रदेश नं. ३,…
पूरा पढ्नुहोस् »

जसलाई फुर्छ कविता, सडकपेटीमा तरकारी बेच्दाबेच्दै । जो गजलका मतला, शेर, काफिया, रदिफ र बहर जन्माउँछन्, तरकारीको ठेलागाडा ठेल्दाठेल्दै । कवितामै उतार्छन्, स्वाभिमान । पेसाले सडकपेटीमा तरकारी बेच्ने उनी लेखनको…
पूरा पढ्नुहोस् »

नेपालको संसद् प्रायजसो आवश्यक काममा कम र अनावश्यक झमेलामा बढी समय बिताउने गर्छ । ०४८ पछिको संसदीय अभ्यासमा संसद्ले गम्भीर राजनीतिक विमर्श, आर्थिक नीतिमाथि सार्थक बहस, सामाजिक रूपान्तरणका कार्यसूचीलाई निष्कर्षमा…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

प्रकाश गुरागाईं, काठमाडौं   |   चैत ०५, २०७३

राधाकृष्ण मैनाली झापा आन्दोलनका चर्चित नेता हुन् । तत्कालीन माले हुँदै एमाले पार्टी बनाउन उनको विशेष भूमिका थियो । ०४८ पछि एमालेमा उनी शक्तिशाली नेतामा गनिन्थे । एमालेबाट पटक–पटक मन्त्रीसमेत भए । तर, ०५८ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी राजाको मन्त्रिपरिषद्मा सामेल भए । एमालेले कारबाही गर्‍यो । गणतन्त्र आएपछि माओवादी प्रवेश गरे । केही समयअघि फेरि एमाले प्रवेश गरे । उनले भर्खरै ‘नलेखिएको इतिहास’ पुस्तक प्रकाशन गरेका छन् । सो पुस्तकको पार्टीभित्रैबाट आलोचना भएको छ । सो पुस्तकमा केन्द्रित भएर प्रकाश गुरागाईंले गरेको संवाद ।

 

भर्खरै तपाईंले लेख्नुभएको पुस्तक ‘नलेखिएको इतिहास’ सार्वजनिक भयो । किन लेख्नुभयो ?

 

पुस्तक लेख्न तीन वर्षदेखि केही साथीले उत्प्रेरित गरिरहेका थिए । पहिला लेख्ने गरेको मान्छे, पछिल्लो समय बानी हराउँदै गएको थियो । फेरि सुरु गर्न गाह्रो भयो । तर, लेख्न सुरु गरेपछि धेरै समस्या भएन । यो पुस्तक मैले भोगेका र देखेका घटना र तिनको विश्लेषण हो । पुस्तक प्रकाशन भइसकेपछि कतिपयले ‘यतिवेला किन यस्तो पुस्तक लेख्यो ?’ भनेर आशंका पनि गरे । लेख्न मन लागेर लेखियो र लेखिसकेपछि प्रकाशन भयो । यसमा अन्यथा सोच्नुपर्ने कुनै विषय छैन । अधिवेशनको छेक पारेर वा चुनावको छेक पारेर आफूअनुकूल वातावरण बनाउन पुस्तक प्रकाशन गरेको होइन । न त कोहीसँग साटो फेर्न नै लेखिएको हो । अन्य अर्थ लगाएर घोचो तेस्र्याउनु ममाथिको अन्याय हो । यो पुस्तक विशुद्ध मेरो वैयक्तिक अनुभूति र भोगाइ हो ।

राधाकृष्ण मैनाली, नेता, एमाले

राजनीतिक सक्रियता देखाउन पुस्तक लेख्नुभएको आरोप लागेको छ नि ?

 

मान्छेलाई केही न केही काम गर्न मन लाग्नु स्वाभाविकै हो । राजनीतिमा अतिसक्रिय हुँदा लेख्ने समय हुँदैन । सक्रियता कम भएपछि लेख्ने समय पाइन्छ । अरूले गीत गाउलान्, नाच्लान्, घुम्न जालान् । समय सदुपयोग गर्ने धेरै उपाय हुन सक्छन् । मैले लेखेँ । सक्रिय हुन खोज्नु मान्छेको गुण नै हो । सक्रिय हुन खोज्दा गलत अर्थ नलगाए हुन्छ । लेख्नका लागि सहज वातावरण बन्यो लेखेँ । अब यसलाई ‘राजनीति गर्न नपाएर लेख्यो’ भनेर घोच्नु बेकारको कुरो हो ।

 

तपाईंको पुस्तक कम्युनिस्ट इतिहासको दस्ताबेज हो ?

 

यो कम्युनिस्ट पार्टीको दस्ताबेज मात्र होइन र मेरो निजी वृत्तान्त मात्र पनि होइन । आत्मवृत्तान्त वा कम्युनिस्ट इतिहास मात्र पनि होइन । यसमा धेरै कुरा मिसिएका छन् । कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवासँगका मेरा सम्बन्ध र भोगाइ पनि छन् । धेरै बाहिर नआएका र नलेखिएका कुरा बाहिर ल्याउने प्रयास गरेको छु । त्यसकारण यसका विषयवस्तु विविध छन् ।

 

नलेखिएको इतिहास लेख्ने नाममा इतिहास नै बंग्याउनुभयो भन्ने आरोप एमालेभित्रैबाट लाग्यो नि ?

 

कहाँ बंग्याइयो, त्यो भन्नुपर्‍यो । तथ्यसहित आउनुपर्‍यो । आरोप त लगाए होला । तर, यो ठाउँमा बंग्याइयो भनेर तर्कसहित आउनुपर्‍यो । भावनामा बंग्याइयो कि, कुरामा मात्र बंग्याइयो कि, नभएको कुरो लेखियो कि, के भयो त ? आधारैविना ‘बंग्याइस्’ भनेर हुँदैन । तथ्य र तर्क आए थप खोज गर्न सकिन्छ ।

 

तपाईंसँग माधव नेपालले नै चित्त दुखाउनुुभयो । ०४६ को आन्दोलनका वेला गणतन्त्र ल्याउन भारतीय सेना बोलाउने प्रस्ताव गरेको भन्ने कुरा उहाँले खण्डन गर्नुभयो नि ?

 

त्यतिवेलाको बैठकमा मैले देखेको–सुनेको कुरा हो । म अहिले पनि झलझली सम्झिरहेको छु । मेरो एकातिर मदन कमरेड (मदन भण्डारी) बस्नुभएको थियो । अर्कोतिर सिपी (मैनाली) हुनुहुन्थ्यो । सामुन्ने माधव (नेपाल) हुनुहुन्थ्यो । उहाँले गणतन्त्रका लागि भारतीय सेना बोलाउने प्रस्ताव गरेकै हो । त्यसको पुष्टि त उहाँले त्योभन्दा पछाडि सार्वजनिक रूपमा भनेका कुराले पनि गर्छ । ०४८ तिरको मूल्यांकन मासिकमा भारतीय बोर्डरमा भारतको सहयोगमा हतियार जम्मा गर्न खोजेको भनेर आफैँले भन्नुभएको छ । अरू पत्रिकामा पनि आएको छ । त्यो मैले बंग्याएको होइन । उहाँको प्रस्तावलाई पार्टीले अस्वीकार गरेकै हो । दुनियाँलाई ढाँटे पनि म आफूले आफैँलाई ढाँट्न सक्दिनँ । मैले मानसम्मान पाउन वा आफू महान् बन्न लेखेको होइन । जे देखेको थिएँ, त्यही लेखेँ ।

 

तपाईंले कुण्ठा पोख्न लेख्नुभएको भनेर माधव नेपालले भन्नुभयो ।

 

उहाँहरूमध्ये कसैले कुण्ठा हो भने, कसैले दुराग्रह हो भने, कसैले विक्षिप्त मन हो भने, आक्रोश हो पनि भने । तर, यसकारणले कुण्ठा हो वा आक्रोश हो भनेर कसैले भनेन । जसले यसो भनिरहेको छ उसैले कुण्ठा बोकिरहेको छ ।

 

०४६ मा तत्कालीन माले र माक्र्सवादीका को–को नेता भारतसँग निकट हुनुहुन्थ्यो ?

 

त्यो म धेरै भन्न चाहन्नँ । मैले भारतपरस्त र भारतविरोधीको विवेचना गर्न खोजेको होइन । त्यहाँ उल्लेख भएका पात्रलाई बिल्ला भिराउन खोजेको पनि होइन । त्यस्ता पात्र थिए । तर, अहिले म त्यो भन्न चाहन्न ।

 

पुस्तक प्रकाशन भएपछि एमाले अध्यक्ष केपी ओली पनि खुसी हुनुभएन । पार्टीका नेतासँग पुस्तक प्रकाशनअघि कुनै छलफल भएन ?

 

यो पार्टीको दस्ताबेज होइन । मेरो पुस्तक हो । छलफल गर्नु आवश्यक थिएन । केन्द्रीय समिति, पोलिटब्युरो वा स्थायी समितिबाट पास गराउनुपर्ने जरुरी थिएन ।

 

पुस्तक प्रकाशनपछि एमालेमा तपाईंलाई कारबाही नै गर्ने कुरा पनि आयो नि ?

 

त्यो उहाँहरूलाई नै सोध्नुस् । किन चर्का कुरा गर्नुभयो, किन घरैबाट निकालुम्लाझैँ गर्नुभयो त्यो म जान्दिनँ । मलाईचाहिँ पार्टीका साथीहरूले प्रशंसा गर्लान्, नेताहरूले कार्यालयमा बोलाएर धन्यवाद देलान्, स्वागत गर्लान् अथवा अभिनन्दन गर्लान् र खादा नै ओढाउलान् भन्ने लागेको थियो । त्यत्तिको मिहिनेत कसैले गरेको थिएन । अब मूल्यांकनमा कोही कम वा बढी होला । तर, मैले एमालेको विरोध गर्न पुस्तक लेखेको होइन । नेताहरूले दुत्कारेर जालान् भन्ने लागेको थिएन । जुन रूपमा उहाँहरूले भाषणबाजी गरेर हिँड्नुभयो विज्ञप्तिमा भने त्यस्तो देखिनँ मैले ।

 

पुस्तक आइसकेपछि पार्टी नेताहरूसँग भेटघाट सम्पर्क छ कि छैन ?

 

छैन । उहाँहरूले बोलाएको पनि छैन । म गएको छैन । मेची–काली अभियानमा जानका लागि पार्टी कार्यालयबाट प्रस्ताव आएको थियो । तर, मेरो स्वास्थ्य ठीक छैन । औषधि खाइरहनुपर्छ । त्यसो हुनाले गइनँ । नेताहरू भने सम्पर्कमा हुनुहुन्न । बरु अन्य पाठकले धन्यवाद दिएका छन् । पुस्तक आएपछि मलाई अमेरिका र अस्ट्रेलियाबाट पनि फोन गरेर धन्यवाद दिए ।

 

पुस्तक आएपछि कोही नेताले धन्यवाद दिनुभएन ?

 

दिएका छन् । पुस्तकमा शेरबहादुर देउवाबारे उल्लेख छ । उहाँले पढ्नुभएछ । धन्यवादै भन्नुभयो । बुद्धिजीवी क्षेत्रबाट धेरै धन्यवाद आयो । मैले हाम्रा नेताका धेरै राम्रा कुरा लेखेको छु । तर, कतिपय मिडियाले जे नकारात्मक कुरा छन् तिनै कुरा मात्र छापिदिएका कारण विवाद भएको हो । यसमा केपी, माधव र सिपीका कमजोरीका कुरा पनि छन्, प्रशंसाका कुरा पनि छन् । तर, मिडियाले केपी वा माधवको विरोधमा लेखेजस्तो पारिदिए । झलनाथ महासचिव हुँदा माधव दोस्रो तहको नेता हुनुहुन्थ्यो । उहाँको सक्रियतामा नै पार्टी माथिल्लो अवस्थामा पुग्यो । ०४७ को संविधान माधवकै सक्रियतामा बनेको हो । उहाँले धेरै राम्रो काम गर्नुभयो । मैले लेखेको यी कुरा मिडियाले बाहिर ल्याएनन् । केपीकै बारेमा पनि मैले राम्रा कुरा लेखेको छु । उहाँ निम्नवर्गीय परिवारको मान्छे । उहाँको बाल्यकालको कुरा यथार्थ रूपमा लेखेको छु । उहाँ निम्न वर्गको परिवारबाट उठेर यो देशको प्रधानमन्त्रीसमेत हुनुभयो । मैले यसो लेखेर के अपराध गरेँ ? तर, महाकाली सन्धिको सन्दर्भमा उहाँको भूमिका नकारात्मक नै हो । अझै भन्छु । मिडियाले त्यही मात्र उचाले । मैले गणेशमानजीको प्रशंसा गरेको छु । महेन्द्रनारायण निधिको व्यक्तित्वबाट त म प्रभावितै भएको हुँ । त्यसैले मान्छेका सकारात्मक र नकारात्मक दुवै कुरालाई मैले लेखेको छु । पुस्तक नपढी कसैले सुनाइदिएको भरमा मेरो आलोचना भएको छ । नेताहरू पुस्तक नपढी अरूले सुनाइदिएको भरमा धारणा बनाउँछन् । गलत नै यहीँ भएको छ । समग्र पुस्तक पढेर मात्र टिप्पणी गर्न मेरो आग्रह छ । बरु पुस्तक नपाउनुभएको भए दोस्रो संस्करण पनि आउँदै छ । खासगरी नेतागणलाई मेरो अनुरोध छ, पढेर मात्र टिप्पणी गरिदिनुहोला ।

 

दोस्रो संस्करणमा पुस्तक परिमार्जन हुन्छ ?

 

आधारभूत कुरो परिवर्तन हुँदैन । खालि केही तथ्यांकमा गल्ती भएका कुरा मात्र सच्याइन्छ । केही तिथिमिति बिग्रिएछ, कसैको नाम, कसैको थर बिग्रिएछ । केही घटना पनि यताउता भएछन् । केही जेलमा सँगै बसेका साथीको नाम पनि छुटेछन् । कम्प्युटर दिमाग बनेन, त्यहीकारण यी कुरा छुटे । छुटेका र गल्ती भएका कुरा मात्र सच्याइन्छ ।