कान्छा सचिवको जीवन यात्रा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

दसैँको मुखमै आएर प्रा. डा गोविन्द केसीले १२ औं अनशन थालेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक–पटक अनशन बसेका उनले यो यटक संसदमा विचाराधिन रहेको चिकित्सा शिक्षा विधेयकलाई लिएर…
पूरा पढ्नुहोस् »

बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानीबारे सबैलाई थाहै छ । उनीहरू लामो समयदेखि प्रेममा छन् । तर, यसबारे दुवैजनाले खुलेर भने कहिल्यै बोलेका छैनन् । ‘रिल’ लाइफमा दर्शकले…
पूरा पढ्नुहोस् »

दसैँले हामीहरूको घर–आँगन टेकिसकेको छ । यो वेलामा सहरबाट गाउँ जानेहरूको भिड हुन्छ । गाउँमा आफ्ना आफन्त, पाहुना आएका हुन्छन् । विभिन्न प्रकारका फलफूल, बजारमा पाइने मिठाईहरू लैजाने चलन छ…
पूरा पढ्नुहोस् »

मुलुक संघीयतामा गइसकेको परिस्थितिमा यसको कार्यान्वयनका लागि राजस्व परिचालन अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसमा पनि आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आन्तरिक राजस्व परिचालन अझ महत्वपूर्ण हुन्छ । संघीयता कार्यान्वयन गर्दै जाँदा…
पूरा पढ्नुहोस् »

वासिंटन/अमेरिकी बमवर्षक र युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमाको आकाशमा शक्ति प्रदर्शन गरिरहेका छन् । अमेरिकी क्षेत्र गुआम र जापानको ओकिनावाबाट कोरियाली आकाशमाथि ती विमान उडेका हुन् । अमेरिकी राष्ट्रपति…
पूरा पढ्नुहोस् »

आठौँ लिगलिगे दौड २०७४ को उपाधि नेपाल आर्मीका खगेन्द्र रानाभाटले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट सम्मको निर्धारित दुरी १ घण्टा दुइ मिनेटमा पार गर्दै डोटी घर भएका रानाभाटले उपाधि जितेका…
पूरा पढ्नुहोस् »

चीन सरकारको केन्द्रीय तथ्यांक निकाय नेसनल ब्युरो अफ स्टाटिस्टिक्सका अनुसार सन् २०१७ को पहिलो पाँचमहिने अवधिमा रोबोट उत्पादन गत वर्ष सोही अवधिको तुलनामा करिब ५० दशमलव ४ प्रतिशतले वृद्धि भएको…
पूरा पढ्नुहोस् »

प्रस्तुतिः अच्युत पुरी एसिया प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रियको वार्षिक कार्यक्रमअनुसार यस वर्ष पाटा ट्राभल मार्टको आयोजना गर्ने अवसर मकाउले पायो । एसिया प्यासिफिक क्षेत्रका ६० भन्दा बढी मुलुकका पर्यटनसँग…
पूरा पढ्नुहोस् »

स्थानीय तहको अन्तिम चरणको परिणाम आइरहेकै वेला दलहरू आउने मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । आउने २९ असोजमा समानुपातिकतर्फका दुवै तहका उम्मेदवारको नाम…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

डा. विश्वनाथ ओली सचिव, जनसंख्या तथा वातावरण मन्त्रालय   |   चैत ०५, २०७३

म जुन अवस्थामा आइपुगेको छु, यसमा मेरो मिहिनेत, समर्पण र लगनशीलताले नै बढी काम गरेको छ । मेरो मान्यता छ, जिन्दगीलाई कहिल्यै पनि ‘कम्लिकेटेड’ बनाउनु हुँदैन । सहज किसिमले बाँच्ने प्रयास गर्नुपर्छ । म नेपाल सरकारको सचिव हुँ तर तपाईं मेरो घर आउनुभयो भने देख्न सक्नुहुन्छ, सादा जीवन उच्च विचारप्रति मेरो प्रतिबद्धता । मलाई लाग्छ, जीवनलाई सकेसम्म सादा बनाउनुपर्छ, बढी रंगीचंगी र बिलासी त क्षणिक हो ।

म रेन्जरबाट जागिरमा प्रवेश गरेको हुँ । मैले जिन्दगीको लामो गोरेटोमा कहिल्यै ठूलो महत्वाकांक्षा राखिनँ । त्यसको अर्थ आकांक्षाहरू राखिनँ भन्ने होइन । आकांक्षा राखेँ र सोहीअनुसार लगनशील हुँदै, कर्म गर्दै अघि बढेँ । त्यसैले होला, मैले जीवनमा खासै असफलता भोग्नुपरेको छैन । त्यसैले आफूलाई निकै भाग्यमानी पनि ठान्छु ।

मैले कर्म गरेँ । सरकारले मलाई फुल्ने र फल्ने वातावरण दियो । त्यसैले पनि नेपाल सरकारप्रति सदा समर्पित भइरहन सकूँजस्तो लाग्छ । मैले आफ्नो जीवन देशकै सेवामा बिताउने सोच बनाएको छु । निजामती सेवामा रहेर मैले कति गरेँ, त्यो राज्यले मूल्यांकन गर्ने हो तर मैले राज्यबाट धेरै पाउन सफल भएको छु । त्यसैले मैले असन्तुष्टि व्यक्त गर्ने कुरै छैन । मैले देशप्रति कृतघ्न बन्न मिल्दैन ।

म बाल्यकालदेखि नै जिन्दगीलाई सफलतातर्फ डोहोर्या‍उनुपर्छ भन्ने मानसिकता राख्थेँ । कापी–किताबमा बढी ध्यान दिन्थेँ । अलि जान्ने भएकालाई गाउँघरमा डाक्टर-इन्जििनियर बन्नुपर्छ भन्ने एक किसिमको दबाब हुन्थ्यो । पढाइमा सधैँ अब्बल भएकाले होला घर परिवार र छरछिमेक सबैले डाक्टर बन्नुपर्छ भन्थे । तथापि, बाल मस्तिष्कमा ठ्याक्कै यही बन्छु भन्ने थिएन । मात्र पढ्नमा भने निकै ध्यान दिन्थेँ ।
बुबा गाउँमै शिक्षक हुनुहुन्थ्यो । बुबाको प्रेरणाले पढ्नमा बढी ध्यान गयो । १ देखि ७ सम्म कक्षाप्रथम नै भएँ । गाउँको स्कुलमा सात कक्षासम्म मात्रै पढाइ हुन्थ्यो, ८ कक्षा पढ्न अलि टाढा रहेको स्कुलमा जानुपथ्र्यो । नयाँ स्कुलमा गएपछि पनि म प्रथम नै भएँ । ९ र १० मा पढ्दा सहपाठी सधैँजसो मकहाँ पढ्न आउँथे । म उनीहरूलाई सिकाइदिन्थेँ । सिकाउँदा झनै ज्ञान बढ्थ्यो । हामी चार दाजुभाइ र दुई दिदी–बहिनी । एकजना दाइबाहेक बाँकी पाँचजना प्रथम, द्वितीय नै हुन्थ्यौँ । त्यसैले गाउँका सबैले हाम्रो परिवारलाई मान्थे ।

०४२ सालमा भण्डारा स्कुलबाट एसएलसीमा हामी पाँचजना मात्रै पास भएका थियाैँ । पास भएकामध्ये मेरो मात्रै प्रथम श्रेणी थियो । प्रथम श्रेणीमा उत्तीर्ण भएपछि छरछिमेकी र आफन्तको दबाब बढ्यो, डाक्टर बन्नुपर्छ भन्ने । म काठमाडौं आएँ । त्रिचन्द्र क्याम्पसमा आइएस्सीमा भर्ना भएँ । डाक्टर बन्ने लक्ष्यका साथ मिहिनेतले पढ्न थालेँ ।

तथापि, घर–परिवारकै सल्लाहमा मैले हेटौंडाको वन विज्ञान क्याम्पसमा पनि फर्म भरेको थिएँ । केही आफन्तले वन विज्ञान पढ्नासाथ जागिर पाइन्छ, फाल्तु बस्न पर्दैन भन्ने सल्लाह दिएका थिए । घर–परिवारले पनि यसमा समर्थन जनाएपछि मैले त्यहाँ फर्म भरेको थिएँ । नभन्दै नाम निस्कियो । चाँडै नै जागिर खान पाइने आशाले मलाई हेटौंडा डोर्या‍यो । त्यता लागेपछि मेरो जीवनको कोर्स नै परिवर्तन भयो ।
त्यतिखेर हेटांैडास्थित वन विज्ञान क्याम्पसमा प्रायः मधेसी मूलका विद्यार्थी बढी पढ्न आउँथे । ०४४ देखि भने हामीजस्ता पहाडे मूलका विद्यार्थीको संख्या बढ्यो । ०४५ सम्म आइएस्सी फरेस्ट्री अध्ययन गरेँ । त्यो पनि प्रथम श्रेणीमै उत्तीर्ण गर्न सफल भएँ ।

त्यतिखेर रेन्जरको जागिरमा धेरै अवसर थियो । सुदूरपश्चिम, मध्यपश्चिम क्षेत्रमा रेन्जरका लागि ६०–७० जनाको माग हुँदा तीन–चारजनाले मात्रै परीक्षा दिन्थे । तर, मलाई टाढा जान मन लागेन । काठमाडाैँमा दिदीदाइ बस्नुहुन्थ्यो । काठमाडौं बस्न थालेँ । के गर्ने होला भन्ने लागिरहेको थियो, हेटाैँडा क्षेत्रबाट अस्थायी रेन्जर माग भयो । त्यहाँबाट रेन्जरको अस्थायी नियुक्ति ल्याएर डेढ महिना भक्तपुरमा नै जागिर खाएँ ।

केही महिनापछि वन विभागमा स्थायी रेन्जरमा नाम निकाल्न सफल भएँ । ०४६ जेठमा निजामती सेवामा प्रवेश गरेँ । त्यसवेला म १९ वर्षको थिएँ । जेठ ०५० देखि ०५२ फागुनसम्म बिएस्सी पढेँ । डिस्टिङ्सनमा उत्तीर्ण भएँ । अधिकृतका आन्तरिक परीक्षामा जनरल फरेस्ट्री, रिसर्च, भूसंरक्षण र वाइल्डलाइफ गरी चारवटै समूहमा परीक्षा दिएँ । तीनवटामा नाम निकाल्न सफल भएँ । रिसर्चको अन्तर्वार्ता सबैभन्दा पहिला भयो । ६ जनामा मेरो मात्रै नाम निस्कियो । त्यसपछि अर्को समूहमा सहभागी हुनै परेन । ०५५ मा मास्टर्स पढ्न नर्वे गएँ । त्यसवेला पनि सरकारको मनोनयनबाट होइन, ग्लोबल कम्पिटिसनमा उत्तीर्ण भएर गएको हुँ ।

०६५ को पुसतिर डेनमार्र्कमा पिएचडीका लागि छात्रवृत्ति पाउन सफल भएँ । यता त्यही वेला सहसचिवको अन्तर्वार्ताको समय थियो । छात्रवृत्तिको समय सार्न लगाए । त्यही समयमा क्यानडामा गएर पिएचडी गर्ने अवसर पनि आएको थियो । क्यानडाको पिएचडी राम्रो मानिन्छ । सहसचिवमा नाम निस्किएन भने जागिर छाडेर परिवारसहित क्यानडा जाने सोच बनाएको थिएँ । तर, सहसचिव भइयो ।

सहसचिव भएपछि साथीभाइले क्यानडा नजान सुझाब दिए । त्यतिखेर सहसचिवमा नाम ननिस्किएको भए म अहिले क्यानडामा हुन्थेँ । सचिव हुने अवसर पाउँदैनथेँ । निजामती क्षेत्रमा रहनैपर्ने मेरो भाग्यका कारण होला, सहसचिवमा नाम निस्कियो । क्यानडा जान परेन ।

अध्ययन बिदा लिएर पिएचडीका लागि डेनमार्क गएँ । त्यहाँ जति धेरै मिहिनेत गर्यो‍, उति चाँडै पिएचडी कोर्स गर्न सकिन्थ्यो । आठै महिनामा कोर्स पूरा गरेँ । प्रपोजल पनि समयमा नै सकेँ । डेनमार्क, स्विडेन र नर्वेमा पिएचडी विद्यार्थीलाई धेरै महत्व दिइने रहेछ । ०६६ मंसिरमा कोर्स पूरा गरेर स्वदेश फर्के । म आफूलाई निकै भाग्यमानी ठान्छु । यथा समयमा बढुवा हुँदै आएँ । ०७० वैशाखमा वन विभागको महानिर्देशक भएँ । त्यहाँ १६ महिना काम गरेँ ।

ब्युरोक्रेसीमा एक्लै हिँडेर सफल भइँदैन । यो भनेको टिम वर्क नै हो । तथापि, लिडिङ रोल त राजनीतिक नेतृत्वको नै हुन्छ । एकजनाले मात्रै चाहेर हुँदैन । मेरो निजामती सेवाको हालसम्मको अनभुवलाई हेर्ने हो भने यहाँ धेरैजसो कर्मचारी लोभीपापी छन् । कर्मचारीहरू ढोकाबाट प्रवेश गर्नासाथ नै के भन्न आए भन्ने प्रस्ट बुझिन्छ । कहिलेकाहीँ सुधार गर्न खोज्दा एक्लो बृहस्पति भइएला भन्ने चिन्ताले दिक्दार लागेर आउँछ । काम गरेर मलाई के हुन्छ र भन्ने सोच आमकर्मचारीमा रहेको पाइन्छ यो सोचाइको अन्त हुन जरुरी छ ।

सचिव पद निजामती क्षेत्रको सर्वोच्चमध्येकै हो । सुरुमा ०७२ भदौमा सचिवको सिफारिसमा परेको थिएँ । त्यतिखेर म दिल्लीमा थिएँ । गएको भोलिपल्ट राति सचिवका लागि सिफारिस भएको खबर पाएँ । साथीभाइले फोन गरेर सिफारिस भएकाले तुरुन्तै आउन सुझाब दिए । त्यसवेला सिफारिस हुन्छु भन्ने सोचेकै थिइनँ । उमेर पनि छ भन्ने थियो । तथापि, सिफारिसमा परेपछि सचिव हुन पाए हुन्थ्यो भन्ने लाग्ने नै भयो ।

तर, सचिव बन्न सकिएन । सिनियर साथी नै सचिव बन्नुभयो । दोस्रोपटक सिफारिस गर्ने वेला भयो । यसपटक मेरो नाम एक नम्बरमा नै परेकाले बढी आशा थियो । अन्ततः ०७३ वैशाखमा वरिष्ठताका हिसाबले पनि मलाई मन्त्रिपरिषद्ले सचिव बनायो ।

सचिव भएपछि पनि राम्रो मन्त्रालयका लागि धाउने काम गरिनँ । जहाँ खाली छ, त्यहाँ नै गएर काम गर्नुपर्छ भन्ने मान्यता हो । खाली रहेको जनसंख्या तथा वातावरण मन्त्रालयमा जिम्मेवारी पर्यो‍ । मैले पनि सहर्ष स्विकारेँ । हालसम्म यसैमा छु ।

जागिरमा प्रवेश गर्दा सरकारको सचिव हुन्छु र पिएचडी गर्छु भन्ने कुनै कल्पना नै थिएन । त्यसैले जिन्दगी एउटा संयोग पनि हो जस्तो लाग्छ । जिन्दगीमा अनेक चुनौती र समस्या भोग्नुप¥यो । तर, म सकारात्मक सोच राख्ने व्यक्ति भएकाले चुनौतीलाई सामना गर्दै अघि बढेँ ।

म सचिव पनि भएँ र पिएचडी पनि गर्न सकेँ । मलाई यो प्लेटफर्म उपलब्ध गराइदिएको नेपाल सरकारले नै हो । तसर्थ, मेरो जिम्मेवारी सरकारप्रति नै हुनुपर्छ । सरकारले मलाई ठूलो गुन लगाएको छ । मैले त्यो तिर्नुपर्छ । मलाई बाहिरबाट धेरै खालका अफर नआएका होइनन् तर म कृतघ्न हुनु हुँदैनथ्यो, हुनु हुँदैन पनि । म यहीँ रहेर देश र देशवासीको सेवा गर्नुपर्छ भन्ने मान्यतामा अडिग छु । जति सकिन्छ, यहीँ सेवा गरौँ भन्ने मान्यतामा छु । त्यसो गर्न सकेँ भने मात्रै मैले मेरो जिन्दगी सार्थक भएको महसुस गर्न सक्नेछु ।

कर्म गर्दै अघि बढेपछि फल प्राप्त गर्न कठिन हुँदैन । यो सर्वोपरि मान्यता नै हो । त्यसैले म पनि जिन्दगीलाई योभन्दा पृथक् किसिमले हेर्न सक्दिनँ । जिन्दगी एउटा कर्म हो । मलाई जिन्दगी लगनशीलताको डोरीमा उनिएको एउटा माला हो जस्तो लाग्छ । ४६ वर्षको अनुभवको कटु सत्य के हो भने जीवनलाई सधैँ ऊर्जाशील बनाउँदै अगाडि लैजानुपर्छ । जिन्दगी जिम्मेवारीबोध हो । जिम्मेवारीबोधले नै मानिसलाई सफलता चुम्न सहज बनाउँछ । मेरो अर्को अनुभव के हो भने मानिसको जिन्दगी सफल बनाउन सबैभन्दा महत्वपूर्ण पक्ष पारिवारिक वातावरण हो । पारिवारिक वातावरण सकारात्मक, सहयोगी र अनुकूल हुन सके जिन्दगी सफलताको गोरेटोतर्फ अगाडि बढ्न सक्छ ।

प्रस्तुति : सागर पण्डित
तस्बिर : कृष्ण पौड्याल