ठूला हत्याकाण्डको भएन पर्दाफास - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

नवनिर्वाचित जनप्रतिनिधिले मानोमानी गर्न थालेको भन्दै रजवाराबासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  गौमुखी गाउँपालिका–३ का वडा अध्यक्षले मनोमानी ढंगले कर्मचारी नियुक्त गरेको, संविधानले नागरिकलाई प्रदान गरेको सूचनाको हकको प्रयोगको…
पूरा पढ्नुहोस् »

बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानीबारे सबैलाई थाहै छ । उनीहरू लामो समयदेखि प्रेममा छन् । तर, यसबारे दुवैजनाले खुलेर भने कहिल्यै बोलेका छैनन् । ‘रिल’ लाइफमा दर्शकले…
पूरा पढ्नुहोस् »

दसैँले हामीहरूको घर–आँगन टेकिसकेको छ । यो वेलामा सहरबाट गाउँ जानेहरूको भिड हुन्छ । गाउँमा आफ्ना आफन्त, पाहुना आएका हुन्छन् । विभिन्न प्रकारका फलफूल, बजारमा पाइने मिठाईहरू लैजाने चलन छ…
पूरा पढ्नुहोस् »

मुलुक संघीयतामा गइसकेको परिस्थितिमा यसको कार्यान्वयनका लागि राजस्व परिचालन अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसमा पनि आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आन्तरिक राजस्व परिचालन अझ महत्वपूर्ण हुन्छ । संघीयता कार्यान्वयन गर्दै जाँदा…
पूरा पढ्नुहोस् »

वासिंटन/अमेरिकी बमवर्षक र युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमाको आकाशमा शक्ति प्रदर्शन गरिरहेका छन् । अमेरिकी क्षेत्र गुआम र जापानको ओकिनावाबाट कोरियाली आकाशमाथि ती विमान उडेका हुन् । अमेरिकी राष्ट्रपति…
पूरा पढ्नुहोस् »

विभागीय टोली एपीएफ झापाको शिवसताक्षी नगरपालिकास्थित दुधेमा जारी पहिलो संस्करणको दुधे गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दुधे खेल मैदानमा सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–१…
पूरा पढ्नुहोस् »

स्थानीय तहको तेस्रो चरण निर्वाचन करिब अन्त्यतिर छ । प्रदेश नम्बर २ अन्तर्गतका ८ जिल्लाका १३६ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । केहीको मतगणना जारी छ…
पूरा पढ्नुहोस् »

प्रस्तुतिः अच्युत पुरी एसिया प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रियको वार्षिक कार्यक्रमअनुसार यस वर्ष पाटा ट्राभल मार्टको आयोजना गर्ने अवसर मकाउले पायो । एसिया प्यासिफिक क्षेत्रका ६० भन्दा बढी मुलुकका पर्यटनसँग…
पूरा पढ्नुहोस् »

स्थानीय तहको अन्तिम चरणको परिणाम आइरहेकै वेला दलहरू आउने मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । आउने २९ असोजमा समानुपातिकतर्फका दुवै तहका उम्मेदवारको नाम…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

विश्वराज पछल्डङ्ग्या, नेपालगन्ज   |   चैत ०५, २०७३

रहस्यमै हेमकार हत्याकाण्ड

मयरात मध्यरात सेना गस्तीमा थियो । नेपालगन्जका सडक सुनसान थिए । सेना त्यही स्थान भएर जाँदै थियो जुन घरको माथिल्लो तलामा एक परिवारका चारजनासहित पाँचजनाको हत्या हुँदै थियो ।

घटना २३ फागुन ०६२ को हो । द्वन्द्वको समय भएकाले सेनाले गस्ती गरिरहेको थियो । मध्यरातमा नेपालगन्ज सुनसान हुने गथ्र्यो । सुनचाँदी व्यवसायी दीपक हेमकारको घर पनि बाहिरबाट देख्दा सुनसान थियो ।

तर, भोलिपल्ट त्यही घरमा पाँचजनाको शव भेटियो । सबैलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको थियो । मारिनेहरूको रुद्रघण्टी छिनाइएको थियो ।

घटनामा दीपककी श्रीमती दीपा मात्र बाँचेकी थिइन् । त्यो दिन उनी घरमा नभई माइतमा थिइन् । घटनामा गुलामदेवी हेमकार (८२), जगदेव हेमकार (६२), सीतादेवी हेमकार (४५), दीपक हेमकार (३२) को हत्या भएको थियो । सबैलाई सुतिरहेकै स्थानमा हत्या गरिएको थियो । सबैको शव ओछ्यानमा नै फेला परेको थियो । घटनामा हेमकार परिवारको पसलमा काम गर्ने १५ वर्षीय रामसनिच्चर चौधरीको समेत हत्या भयो ।

हत्या भएको रात तीन अपरिचित व्यक्ति घरमा आएको प्रहरीले तथ्य फेला पारेको थियो । संकटकालको वेला नगरको व्यस्त सडकमा रहेको सुनचाँदी पसलको माथिल्लो तलामा घरभित्र पाँचजनाको हत्या गरी ज्वेलर्सबाट नगद र सुनचाँदीसहित करिब २९ लाखबराबरको सम्पत्ति लुटिएको थियो ।

घटनापछि प्रहरी प्रधान कार्यालयबाटै डिएसपीको कमान्डमा अनुसन्धान टोली खटिएको थियो । घटना भएका वेला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक शिव लामिछाने थिए । जिल्ला प्रहरीले पनि अनुसन्धान गरेको थियो । तर, अनुसन्धान अझै पूरा हुन सकेको छैन । ११ वर्ष बित्दा पनि घटनाका अभियुक्त पक्राउ परेका छैनन् ।

अपराध अनुसन्धान विभागबाट कुकुरसहितको टोली झिकाएर पनि प्रहरीले हत्यारा पत्ता लगाउने प्रयास गरेको थियो । तत्कालीन भेरी अञ्चल प्रहरी प्रमुख राजेन्द्रसिंह भण्डारीले पनि हत्याको अनुसन्धान गरेका थिए ।

अहिले घटनाको फाइल प्रहरीले बन्द गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको अर्को टोली पनि अनुसन्धानमा खटिएको थियो । पाँच सय पृष्ठको अनुसन्धान प्रतिवेदन र मिसिल तयार भए पनि दुवै टोलीले घटनाको निष्कर्ष निकाल्न सकेनन् ।

हत्याको ६ वर्षपछि प्रहरीले चारजनालाई नियन्त्रणमा लिई पुनः अनुसन्धान थालेको थियो । तर, घटनामा उनीहरूको संलग्नताबारे केही पत्तो नलागेपछि प्रहरीले त्यसै छोडेको थियो । तत्कालीन बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उदय तामाङले हत्यारा नेपाल र भारत दुवैतिर भएकाले नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने बताएका थिए । तर, कोही पनि पक्राउ परेनन् ।

प्रहरीले अनुसन्धानबाट सो हत्याकाण्डमा परिवारकै केही सदस्य संलग्न रहेको आधार फेला पारेको दाबी गरेको थियो । तर, प्रहरीको यो दाबीको पनि ठोस प्रमाण मिलेन । एक्लै बाँचेकी हेमकार परिवारकी बुहारी दीपा हेमकारप्रति प्रहरीको आशंका थियो । तर, प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धानको दायरमा भने ल्याएन । उनी अहिले भारतमा बस्छिन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक एवं मुद्दा फाँट इन्चार्ज वीरबहादुर थापाले हेमकार हत्याकाण्डको फाइल बन्द नभएको बताए । उनले घटनाको अनुसन्धान जारी रहेको दाबी गरे । ‘पुराना मुद्दाका फाइलसमेत हामीले नियमित रूपमा हेरिरहेका छौँ, नयाँ नेतृत्व फेरिँदैमा पुराना मुद्दाका फाइल बन्द हुने कुरा हुँदैन,’ उनले भने ।

हत्याको दिन दीपा र उनका पति दीपक नेपालगन्जबाट भारत गएका थिए । हेमकार परिवारका अन्य सदस्यले समेत हत्यामा दीपा संलग्न भएको आशंका गरेका थिए ।

अहिले सो घटनाको फाइल बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले हेरिरहेका छन् । नयाँ घटना थपिँदै जाने भएकाले पुराना फाइलमा धेरै समय दिन नसकेको प्रहरीले बताउने गरेको छ । पुराना र नयाँ फाइललाई मिलाएर अनुसन्धान भइरहेको प्रहरीले दाबी गरे पनि पुराना घटनाका फाइललाई प्रहरीले खासै समय नदिने गरेको सर्वसाधारणको भनाइ छ । ‘हेमकार घटनालाई नजिकबाट अनुसन्धान गर्ने कार्य भइरहेको छ,’ प्रहरी उपरीक्षक राईले भने ।

अदालतको स्रेस्ता फरक पर्दा समस्या
अदालतले कैद र जरिवाना फैसला गरेका दोषीको नाम र वतन स्पष्ट खुल्न नसक्दा पक्राउ गर्न समस्या हुने गरेको फैसला कार्यान्वयन विशेष अभियान टोलीका सदस्य एवं प्रहरी नायब निरीक्षक भीमबहादुर खड्काले बताए ।

उनले फैसलाबमोजिमका व्यक्तिलाई खोज्न जाँदा बसाइँसराइ गरेर अन्यत्र जाने र नाम स्पष्ट नहुँदा पक्राउ गर्न समस्या हुने गरेको बताए । ‘अदालतको स्रेस्तामा कुमार हुन्छ, नागरिकतामा बहादुर र प्रसाद भइदिँदा पहिचान गर्न गाह्रो हुने गरेको छ, पहिचान गर्न नसक्दा दोषीले उन्मुक्ति पाउने र निर्दोषले दुःख पाउने भइराखेको छ,’ उनले भने ।

खुला सिमानाका कारण अदालतले दोषी करार गरेकाहरू भारतमा गएर लुक्ने गरेकाले पनि फैसला कार्यान्वयनमा समस्या आउने गरेको बाँके जिल्ला अदालतका तहसिलदार नारायण सापकोटाले बताए । उनले भने, ‘दिनभर भारतमा लुकेर बस्ने, रातमा मात्र घर आउँदा पक्राउ गर्न कठिन भएको छ ।’

उनले स्रोतसाधनको कमीका कारण पनि फैसला कार्यान्वयनलाई तीव्रता दिन नसकेको बताए । दोषीलाई पक्राउ गर्न व्यवस्था गरिएको सीमित जनशक्ति, अपर्याप्त साधन र आर्थिक अभावले पनि पक्राउ गर्न नसकिएको उनले बताए ।

बाँकेमा कैद र जरिवाना भुक्तानमा वृद्धि
फैसला कार्यान्वयन विशेष अभियान सुरु भएपछि कैद र जरिवाना भुक्तान हुने क्रम बढेको फैसला कार्यान्वयन विशेष अभियान टोलीका सदस्य डम्मर विष्टले बताए । उनले हालसम्म तीन सय पाँच वर्ष चार महिना एक दिन कैद भुक्तान भएको र अदालतको फैसलाबमोजिम चार करोड ८० हजार दुई सय ६१ रुपैयाँ असुल भएको जानकारी दिए ।

उनले एक हजार आठ सय ९६ वर्ष नौ महिना साढे ११ दिन जिम्मेवारी सरी आएको र यस आर्थिक वर्षको सात सय ४१ वर्ष ११ महिना २२ दिन गरी दुई हजार ६ सय ३८ वर्ष नौ महिना साढे ५ दिन कैद असुल हुन बाँकी रहेको बताए । उनले तीन करोड ६० लाख ३१ हजार चार सय १३ रुपैयाँ ८० पैसा जरिवाना असुल हुन बाँकी रहेकोसमेत बताए ।

नेतृत्व फेरबदलपछि प्राथमिकता तल–माथि
नेतृत्व फेरबदल हुनासाथ कामको प्राथमिकतासमेत तल–माथि पर्ने हुँदा असफल पुराना घटनाको चाङ बढ्ने गरेको नेपाल प्रहरीका पूर्वडिएसपी कृष्णमान श्रेष्ठ बताउँछन् । नयाँ प्रहरी अधिकारी पुराना फाइल हेर्नुभन्दा आफू कार्यरत रहेसम्म त्यहाँ ठूला आपराधिक घटना हुन नदिन र घटनालाई छिटो किनारा लगाउन चाहने भएकाले पुराना घटना पेन्डिङ हुने गरेको श्रेष्ठले बताए ।

‘जसको पालमा घटना भएको हो, त्यसैले उक्त घटनाको किनारा लगाउनुपर्ने कानुन बनेको खण्डमा पुराना मुद्दा पेन्डिङ हुने थिएन,’ उनले भने । नयाँ नेतृत्वले आफ्नो बायोडाटा बढाउन पुरानाभन्दा नयाँलाई प्राथमिकता दिने गरेको पूर्वडिएसपी श्रेष्ठले बताए । उनले नयाँ–नयाँ मुद्दा थपिने भएकाले पुराना मुद्दा प्राथमिकतामा नपर्ने गरेको बताए ।

घटना पुराना भए प्रत्यक्षदर्शी, प्रमाण र साक्षी हराउने भएकाले पनि अनुसन्धान फितलो भई मुद्दा कमजोर हुने गरेको श्रेष्ठले बताए । ‘घटना पुरानो भएपछि पीडितले समेत प्रहरीलाई दबाब दिँदैनन्, पीडितले दबाब नदिएपछि प्रहरीले पनि वास्ता गर्न छाड्छ,’ पूर्वडिएसपी श्रेष्ठले भने।

यस्ता छन् सफल अनुसन्धान

अपहरणपछि हत्याकाअभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले बालक अपहरणपछि हत्या आरोपमा नेपालगन्ज–२३ का रंगौ भन्ने रिजवान साईलाई घटनाको साढे दुई वर्षपछि पक्राउ गर्यो‍ । १४ असोज २०६७ मा नेपालगन्ज–१५ का दुई स्कुले बालक कपिल द्विवेदी र लीलाधर भट्टको अपहरण गरी फिरौती लिएर हत्या गरेको अभियोगमा साईलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले बताए । राईका अनुसार अभियुक्त साई २६ असार २०६९ मा नेपालगन्ज–१० का २२ वर्षीय मुन्नु भन्ने मोहम्मद आमिर अन्सारीको अपहरण गरी नौ लाख रुपैयाँ फिरौती लिएर बेपत्ता बनाउने कार्यमा संलग्न थिए । मुन्नु हालसम्म बेपत्ता छन् ।

रिजवान साई

साईकै अगुवाइमा नेपालगन्ज–१ का महेन्द्र शाहीलाई ३ वैशाख २०७० मा अपहरण गरी १० दिनसम्म शरीर बन्धक बनाएको अवस्थामा भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो ।

अभियुक्त साईले भूमिगत तराई जनतान्त्रिक मधेस पार्टीको नाममा सीमावर्ती भारतको रुपइडिहा बजारमा विभिन्न सहयोगीलाई परिचालन गरी अपहरण र चन्दा असुली गर्दै आएका थिए । उनी लागुऔषध चरेसको कारोबारमा भारतमा तीन वर्ष सजाय पाएर छुटेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक राईले अभियुक्त साईविरुद्ध अपहरण तथा हत्याका छुट्टाछुट्टै तीन मुद्दा र एक अपहरणको गरी चार मुद्दा अदालतमै विचाराधीन रहेको बताए ।

बाँके इन्द्रपुर–३ का वकिल दर्जी भनिने जियाउल मनिहारलार्ई दुई ग्राम लागुऔषध ब्राउन सुगरसहित १८ असार ०७० मा नेपालगन्जको बसपार्कबाट प्रहरीले पक्राउ गरेको थियो ।

आफ्नो नाम वकिल दर्जी बताउँदै लागुऔषध कारोबारमा सक्रिय रहेका उनी सोही मुद्दाको अनुसन्धान गर्ने क्रममा मात्र बालक अपहरण र कर्तव्य ज्यान मुद्दाको अभियुक्तसमेत भएको प्रहरीले थाहा पाएको थियो ।

वकिल दर्जी भनिने जियाउल मनिहार

उनी भूमिगत सशस्त्र समूहमा संलग्न भई जिल्लामा हत्या, अपहरण, चन्दा असुली र फिरौती रकम माग गर्नेलगायत घटनामा संलग्न थिए ।

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका मनिहारले सुरुमा आफ्नो घर भारतको रुपइडिहा र नाम वकिल दर्जी बताएका थिए ।

तर, अनुसन्धानका क्रममा मोस्ट वान्टेड सूचीका फरार अभियुक्त भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाँकेले तथ्य फेला पारेको थियो ।

यसैगरी २८ कात्तिक ०६६ मा इन्द्रपुर ७ स्थित देवीप्रसाद राढको रहरबारीमा खजुराखुर्द–१ का गंगाराम पासी र मुन्नु भन्ने मुन्ना यादवलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा समेत मनिहार संलग्न थिए ।

गुन्डा नाइकेले गरे आत्मसमर्पण

नेपालगन्ज उपमहानगरपालिका–८ का २९ वर्षीय चेतन मानन्धरको हत्यामा संलग्न भएको आरोपमा अदालतले चार वर्ष कैद सजाय फैसला सुनाएका नेपालगन्ज–५ का सोहनसिंह ढकाल (रिगल) ले ६ कात्तिक ०७१ मा आत्मसमर्पण गरे । रिगलले अदालतको आदेश पालना गरेको प्रहरीसमक्ष बयान दिएको बताइएको छ ।

फरार अभियुक्त ढकाल घटनापछि भारत बस्दै आएका थिए । पक्राउ पर्नुभन्दा केही दिनअघि मात्रै उनी नेपाल आएका थिए । १५ जनाको समूहले २८ असार ०७१ मा नेपालगन्ज–८ का मानन्धरलाई धम्बोझी चोकनजिक सुर्खेतरोडमा लखेट्दै खुँडा प्रहार गरी हत्या गरेका थिए । सो घटनामा संलग्न मुख्य अभियुक्त रिगलसहित १३ जना हाल कारागारमा छन् ।

जेल सजाय भुक्तानीका लागि अदालतमा आफै‌ हाजिर

अवैध चोरीसिकारी गरेको अभियोगमा अदालतले ६ महिना जेल सजाय सुनाएका नैनसिंह सार्की, मुन्नु चौधरी र भिखुलाल थारू ६ फागुनमा कैद भुक्तानीका लागि बाँके जिल्ला अदालतमा आफै‌ हाजिर भए । उनीहरूलाई अदालतले ६ महिना जेल सजाय तोकेको थियो । सवारी ज्यान मुद्दामा ६ दिन जेल सजाय पाएका बलबहादुर थारू पनि कैद र जरिवाना भुक्तानीका लागि फागुनमै अदालतमा हाजिर भए ।

जिल्ला अदालतले फैसलाबमोजिम बक्यौता बुझाउन समय–समयमा सूचना जारी गरेपछि कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेकाहरू आफैँ अदालतमा आउने गरेको बाँके जिल्ला अदालतका तहसिलदार नारायण सापकोटाले बताए । ‘फागुन महिनामा मात्र कैद भुक्तानीका लागि अदालतमा पाँचजना आफँै हाजिर भएका छन्, कैद र जरिवाना भुक्तानीका लागि आफैँ आउनेलाई अदालतले विशेष छुट व्यवस्था गरेकाले कैद भुक्तानीका लागि आफैँ हाजिर हुन आउने गरेका छन्,’ उनले भने ।

फैसला कार्यान्वयन विशेष अभियान सुरु भएपछि कैद र जरिवाना भुक्तान हुने क्रम बढेको बाँके जिल्ला अदालतले जनाएको छ । जिल्लामा फैसला कार्यान्वयन विशेष अभियान टोलीले सक्रियता देखाएपछि कैद र जरिवाना भुक्तान हुने क्रम बढेको हो ।

माघ मसान्तसम्म तीन सय पाँच वर्ष चार महिना एक दिन कैद भुक्तान भएको र अदालतको फैसलाबमोजिम चार करोड ८० हजार दुई सय ६१ रुपैयाँ जरिवाना असुल भएको फैसला कार्यान्वयन विशेष अभियान टोलीका सदस्य एवं बाँके जिल्ला अदालतका नायब सुब्बा डम्मर विष्टले बताए ।

उनले एक हजार आठ सय ९६ वर्ष नौ महिना साढे ११ दिन जिम्मेवारी सरी आएको र यस आर्थिक वर्षको सात सय ४१ वर्ष ११ महिना २२ दिन गरी दुई हजार ६ सय ३८ वर्ष नौ महिना साढे पाँच दिन कैद असुल हुन बाँकी रहेको बताए । उनले तीन करोड ६० लाख ३१ हजार चार सय १३ रुपैयाँ ८० पैसा जरिवाना असुल हुन बाँकी रहेकोसमेत बताए ।