उठिबास लगाउने नयाँ साहु - Naya Patrika
Naya Patrika
Follow Us
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय निर्वाचन हुन डेढ महिना मात्रै बाँकी हुँदा पनि सरकार, निर्वाचन आयोग, राजनीतिक दल र मतदाता अन्योलमै १) मोर्चाको आन्दोलन संविधान संशोधन नगरी निर्वाचनमा सहभागी नहुने बताउँदै आएको मधेसी मोर्चा…
पूरा पढ्नुहोस् »

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाका प्रधानसेनापति विपिन रावतलाई बुधबार नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले भारतीय प्रधानसेनापतिलाई महारथीको दज्र्यानी चिह्न, खड्ग…
पूरा पढ्नुहोस् »

नेपालजस्तै भूपरिवेष्टित देश लक्जेम्बर्गको प्रथम राजदूतका रूपमा काठमाडौं आउँदा मलाई साँच्चै आनन्द लागेको छ । यद्यपि, काठमाडौंमा दूतावास छैन, त्यसैले दिल्लीस्थित दूतावासबाटै नेपाल मामिला हेर्ने गरिएको छ । डिसेम्बर २०१६…
पूरा पढ्नुहोस् »

युरोपियन मुलुकहरूका महिलाहरूले अत्यधिक रुचाउने पहिरन स्कर्ट नेपाली महिलाहरूको रोजाइमा पनि पर्न थालेको छ । विदेशी महिलाहरूहरेक सभा–समारोहमा स्कर्ट लगाउन मन पराउँछन् । सबै उमेर समूहका महिलाहरूलाई सुहाउने तथा लगाउन…
पूरा पढ्नुहोस् »

चालू आर्थिक वर्ष ०७३-७४ को बजेट आउनेबित्तिकै सरकार परिवर्तन भयो । संसद्बाट पूर्ण रूपमा बजेट पास नहुँदै सरकार ढलेकाले वर्तमान सरकारले बजेटको कार्यान्वयनको जिम्मा पायो । बजेट कार्यान्वयन प्रभावकारी गर्न…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी बाराक ओबामा प्रशासनका नीतिहरू खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ह्वाइटहाउसमा आयोजित एक समारोहमा ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पूर्वराष्ट्रपति बाराक ओबामाको नीति…
पूरा पढ्नुहोस् »

बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा आयोजक बङ्गलादेशले नेपाललाई २५८ रनको लक्ष्य दिएको छ । मंगलबार टस जितेपछि नेपालले फिल्डिङ रोजेर बङ्गलादेशलाई पहिले ब्याटिङको निम्तो दिएको थियो…
पूरा पढ्नुहोस् »

वैशाख ३१ मा स्थानीय तहको निर्वाचन मिति घोषणा भएलगत्तै विभिन्न राजनीतिक दल आ–आफ्ना एजेन्डा लिएर जनतामाझ पुग्ने परम्पराको निरन्तरताको कार्यले बिस्तारै तीव्रता लिँदै छ । गाउँघरतिर नेताका अनुहार देखिन थालिएकाले…
पूरा पढ्नुहोस् »

ब्वाइज कट हेयर स्टाइल, ब्ल्याक जिन्स पाइन्ट, लङ ब्ल्याक ज्याकेट र गगल्स पनि ब्ल्याक । सुजाता कोइरालाको गेटअपमा खासै परिवर्तन थिएन, पहिलेभन्दा । तर, पदचापले संकेत गथ्र्यो, शारीरिक शक्ति केही…
पूरा पढ्नुहोस् »

एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको यस आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.२ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेका छन् । नेपाल सरकारको अर्थ मन्त्रालयले ६.५ प्रतिशत वृद्धि लक्ष्य प्राप्त…
पूरा पढ्नुहोस् »

काठमाडौं/फिल्म पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको फिल्म ‘घामपानी’को ट्रेलर सार्वजनिक गरिएको छ । वैशाख १ गते प्रदर्शन हुने फिल्म अन्तर्जातीय प्रेमकथामा बुनिएको छ । फिल्ममा दयाहाङ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   चैत ०४, २०७३

गरिब र गरिबी राजनीतिक दल, नेता या तिनका कार्यकर्ताले बिक्री गर्ने आशाका खरिदकर्ता मात्र होइनन्, लामो समयदेखि नेपालमा गरिबहरू विकासे भनिने देशी–विदेशी गैरसरकारी संस्था र निजी क्षेत्रका लागि पनि परियोजनाका खरिदकर्ता या सपनाका क्रेताका रूपमा परिवर्तित भएका छन् । यसो भन्न सकिन्छ, गरिबको गरिबी पनि एउटा वस्तु भएको छ, जसलाई पैसा र शक्ति हुनेले इच्छाअनुसार फुटबल बनाएर खेल्छन् । यतिवेला चर्चामा रहेकोचाहिँ अनेक वित्तीय संस्थाले गरिबप्रति लक्षित गरेर सञ्चालन गर्ने गरेको लघुवित्त कार्यक्रम । केहीअघि राजधानीमा सुरु भएको लघुवित्तसम्बन्धी सम्मेलनमा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले ‘गरिबका नाममा कार्यक्रम लगेर नाफा कमाउन लागेका नयाँ साहु’ भनेर यस्ता संस्थाको आलोचनासमेत गरे ।

लघुवित्त कार्यक्रम नेपालका सहरी तथा ग्रामीण क्षेत्रमा महिलाबीच निकै फैलिएको कार्यक्रम हो । कुनै उत्पादनमूलक कार्यमा लगानी गर्ने सर्तमा समूहमा आबद्ध भएका महिलालाई वित्त कम्पनीले ऋण उपलब्ध गराउँछ । धेरैजसो मासिक किस्ताबन्दीमा ब्याजसहित फिर्ता गर्नुपर्ने सो ऋण दिने–लिने पद्धतिका कारण प्रतिफल नदिँदै किस्ता तिर्ने बाध्यता आइलाग्छ । सानो आकारको ऋण, सानै आकारको लगानी र थोरै प्रतिफल यसका विशेषता हुन् । त्यस्तो ऋण दिने वेला ऋणबाट हुने फाइदाबारे ऋणदाता संस्थाका प्रतिनिधिले मजाले पढाउँछन् । तर, त्यस्तो ऋण लिएर लगानी गर्दा गरिएको लगानीको प्रतिफल राम्रो बनाउन आवश्यक पर्ने प्राविधिक ज्ञान, बजार र सम्भावित जोखिमबारे भने कसैले पनि खासै बताउने गर्दैनन् । गरिब परिवारकै सदस्यले ऋण लिने र लिएको नगदलाई तत्काल प्रतिफल आउने क्षेत्रमा लगानी गर्ने या अन्य दैनिक आवश्यकताका क्षेत्रमा खर्च गर्ने भन्ने द्विविधा स्वतः उत्पन्न हुन्छ ।

जसले तत्काल प्रतिफल दिने सानो कारोबारमा यस्तो रकम लगाउँछन्, तिनले ठिकै प्रतिफल हासिल गर्छन् र ऋण चुक्ता गरेर सावाँ केही बचत पनि गर्न सक्छन् । तर, धेरैजसोले भने यसबाट राम्रो प्रतिफल हासिल गर्न सक्दैनन् । त्यसपछि त्यही ऋण तिर्न पनि अर्को ऋण लिनुपर्ने बाध्यता आइलाग्छ । को ऋणमा डुब्ला र ऋण माग्ला भनेर अर्को संस्थाका प्रतिनिधि दाउ हेरिरहेका हुन्छन् । यस्तो अवस्थाले ती ऋणी थप ऋणको बोझमा चेपिँदै जान्छन् । केही महिनापहिले एउटा अध्ययनले इलाममा यस्तो ऋणका कारण परिवार संकटमा परेको र बसाइँ हिँडाएको समाचार प्रकाशित गरेको थियो । ऋणबापत लिइने ब्याज लघुवित्तले गर्ने शोषणको भयानक खतरनाक रोग हो । सयकडा २५ प्रतिशतसम्म अर्थात् मासिक सयकडा दुई रुपैयाँभन्दा बढी ब्याज लगाउने वित्तीय संस्था आफू त नाफामा जान्छन्, तर आफ्ना ऋणीलाई थप ऋणको बोझ थपेर छाड्छन् ।

यो प्रक्रियालाई तत्काल नियमन गर्नु आवश्यक देखिन्छ । यसका लागि ब्याजदर वार्षिक १८ प्रतिशतभन्दा माथि लान नपाइने, एउटै समूह या सदस्यलाई एकभन्दा बढी संस्थाबाट ऋण लिन अर्थात् संस्थाको ओभरल्यापिङ आउन नदिने प्रावधान छ । त्यस्ता ऋण दिने संस्थाले आफ्ना ऋणीलाई उनीहरूले अपनाउन खोजेको पेसाको प्राविधिक ज्ञान, उत्पादन गर्ने सामग्रीको बजारको अवस्थालगायत विषयमा विषयगत ज्ञान दिने अनिवार्य व्यवस्था गर्नुपर्ने देखिन्छ । उत्पादित वस्तुको बजार सुनिश्चित गर्न निजी क्षेत्रसँग मिलेर संयन्त्र बनाउने र कतिपय अवस्थामा बिमाको व्यवस्थासमेत गरेर मात्र ऋण दिनेतिर सोच्न जरुरी देखिन्छ । गरिबलाई उठिबास लगाउने नयाँ–नयाँ साहु किन चाहिए र ?