जातीय विभेदविरुद्धको क्रान्ति - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   चैत ०२, २०७३

नेपाली समाजमा वेलावेला देखिने जातीय विभेदजन्य घटनाले हाम्रो समाजमा जातीय समस्या अझै कतैकतै अवशेषका रूपमा रहेको संकेत गर्छन् । तर, सबैतिर यस्ता समस्या बाँकी छन् भन्नेचाहिँ होइन । कानुनी रूपमा धेरै अघि नै जातीय भेदभाव हटेको, कानुनले कसैलाई पनि ‘अछुत’ भन्नसमेत नपाइने व्यवस्था गरेको र जातीय भेदभावलाई कानुनी रूपमा दण्डनीय बनाइएको भए पनि समाजमा छिटफुट रूपमा जातीय विभेदका घटना अझै विद्यमान रहेकोमा शंका छैन । तर, यही समाजमा जातीय विभेदलाई चुनौती दिने आँट र हिम्मत भएका नेपालीको संख्या निकै बढ्दै गएको पनि देखिन्छ । यसै क्रममा पोखरा सिर्जनाचोककी कृष्णकुमारी गुरुङको परिवारले समाजमा एउटा सराहनीय काम गरेर देखाएका छन् । उनीहरूले आफ्नी छोरी तारा गुरुङ र उनका प्रेमी किरण परियारको विवाह धुमधामसाथ सम्पन्न गराएर जातीय विभेदविरुद्ध क्रान्ति नै गरेका छन् ।

तारा र किरणको विवाहमा दाइजो पूर्णतः निषेध गरिएको समाचारले पनि थप सकारात्मक सन्देश दिएको छ । हाम्रो समाजमा जातीय विभेदपछि दाइजो अर्को सामाजिक कलंकका रूपमा रहेको छ । दाइजोमा लैनो भैँसी नपाएको निहुँमा सिन्दुरसमेत हालिसकिएकी बेहुली छाडेर बेहुला पक्ष फर्किएको समाचार पनि सुन्नमा आउने हाम्रो समाजमा दाइजोका कारण कैयौँ गरिब परिवारका छोरीचेलीको विवाहसमेत हुन कठिन परिरहेकोसमेत देखिन्छ । हिमाल र पहाडमा भन्दा दाइजोको समस्या तराई मधेसमा अलि बढी नै देखिन्छ । त्यसैले दाइजो निषेध गरिएको यो विवाह थप स्वागतयोग्य छ । यसलाई सबैले अँगाल्न सक्नुपर्छ ।

मुखले जतिसुकै जातीय समानताको पक्षमा वकालत गरे पनि विवाहजस्ता सामाजिक सम्बन्धका सवालमा चाहिँ दशपटक सोच्ने वा त्यस्तो सम्बन्धको कल्पनै गर्न नसक्ने मानिसको हाम्रो समाजमा कुनै कमी छैन । पढेलेखेका सचेत व्यक्तिहरू पनि अन्तर्जातीय विवाहको पक्षमा खुल्न सकिरहेका छैनन् । उनीहरूले अरू सबै विषयमा जातीय समानता अवलम्बन गरे पनि विशेषगरी जब अन्तर्जातीय विवाहको विषय आउँछ, तब मुन्टो अर्कैतिर फर्काउने गर्छन् । यस्तोमा कृष्णकुमारीले आफ्नी छोरी तारा र उनका प्रेमी किरणबीचको प्रेमलाई हार्दिकतापूर्वक स्विकारेर बाजा बजाएर, गोडा धोएर ससम्मान विवाह सम्पन्न गराएको प्रसंगले समाजमा एउटा नयाँ उदाहरण स्थापित गरेको छ ।

क्रमिक रूपमा मेटिँदै गएको जातीय छुवाछुतको लक्ष्मण रेखा पार गर्न अझै कैयाैँलाई कठिन हुँदै गरेको समयमा तारा र किरणको विवाहको समाचारले एउटा सकारात्मक सन्देश दिएको छ । आजको सभ्य समाजमा पनि जातीय विभेद र दाइजोको तरबार चलाएर कसैमाथि उसको जातीय पहिचान वा गरिबीलाई आधार बनाई अपमानित गर्नु बर्बरता हो, अन्धविश्वास हो र अमानवीयता हो । यस्ता अमानवीय व्यवहारलाई जबसम्म सामाजिक रूपमा अस्वीकार गरिँदैन, तबसम्म कानुनमा व्यवस्था गर्दैमा समाजबाट छुवाछुत र जातीय विभेदका घटना निमिट्यान्न हुन सक्दैनन् । अझै पनि देशमा हिमाल, पहाड र तराई मधेस सबैतिर यस्तो अमानवीय समस्या कुनै न कुनै रूपमा टाँसिएर रहेका छन् । पूर्व, पश्चिम, सहर वा गाउँ जताततै जातीय अवशेषका झिल्का भेटिन्छन् । यस्ता झिल्काले हाम्रो समाजलाई भित्रभित्रै जलाइरहेको समयमा तारा र किरणको विवाहको समाचारले उत्साह थपेको छ । यस्ता घटनालाई निरुत्साहित होइन, प्रोत्साहित गरौँ । अनि मात्र समाजबाट जातीय विभेद र दाइजोको समस्या हट्न सक्छ ।