विदेशी लगानी स्वीकृति र उद्योग दर्ता अब अनलाइनबाटै - Naya Patrika

दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरू बहुमतीय प्रक्रियाबाटै…
पूरा पढ्नुहोस् »

‘आई एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’पछि दिनेश राउतले निर्देशन गरेको अर्काे फिल्म ‘पर्व’ शुक्रबारदेखि प्रदर्शनरत छ । सस्पेन्स थ्रिलर जनराको पर्वबाट दर्शकले नयाँ स्वाद पाउने दाबी दिनेशको छ ।…
पूरा पढ्नुहोस् »

औषधिको मूल्यमा मनपरी भएको पाइएपछि स्वास्थ्यमन्त्री गगन थापाले सहुलियत दरमा सीधै कम्पनीबाट आयात गर्ने अभियान थालेका छन् । फार्मेसीबाट किनेका औषधि अत्यधिक महँगो भएको भन्दै उनले त्यसलाई रोक्न उत्पादक कम्पनीबाटै…
पूरा पढ्नुहोस् »

नेपाल आयल निगमले नेसनल ट्रेडिङ लिमिटेडको टेकुमा रहेको ५१ रोपनी जग्गा खरिद गर्ने निर्णय गरेको छ । कर्मचारीलाई बिदाइ गर्न हतार गरिरहेको नेसनलट्रेडिङलाई बैनाबापत निगमले २५ करोड रुपैयाँ दिन  लागेको…
पूरा पढ्नुहोस् »

बकिङघम दरबार, डाउनिङ स्ट्रिट, विदेशी दूतावास र वेस्टमिनिस्टरको सुरक्षाका लागि सेना खटिने बेलायतमा आतंकवाद जोखिमको तहलाई सबैभन्दा उच्च विन्दुमा पुर्याइएको छ । अतिवादीले सोमबार राति म्यानचेस्टरमा बीभत्स हमला गरेसँगै सरकारले…
पूरा पढ्नुहोस् »

पहिलोपटक युरोपा लिग जितेसँगै म्यानचेस्टर युनाइटेड सीधै युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा छनोट  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलोपटक युरोपा लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । म्यानचेस्टरले शुक्रबार एज्याक्समाथि २–०…
पूरा पढ्नुहोस् »

संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाबाट हामी अगाडि बढ्दै छौँ । त्यस क्रममा हामीले ७ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । यसै क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन (प्रदेश नं. ३,…
पूरा पढ्नुहोस् »

नेपाली पपसंगीतमा चर्चा कमाएका थोरै कलाकारमध्ये नवीन के भट्टराई पनि एक हुन् । १४ वटा एल्बममा स्वर भरेका भट्टराईका सबैजसो गीतले बजार पाए, श्रोताको साथ पाए । साँझपख एकान्तमा, तिमी…
पूरा पढ्नुहोस् »

नेपालको संसद् प्रायजसो आवश्यक काममा कम र अनावश्यक झमेलामा बढी समय बिताउने गर्छ । ०४८ पछिको संसदीय अभ्यासमा संसद्ले गम्भीर राजनीतिक विमर्श, आर्थिक नीतिमाथि सार्थक बहस, सामाजिक रूपान्तरणका कार्यसूचीलाई निष्कर्षमा…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   माघ ०३, २०७३

udhyog-online-bata
स्वदेशी लगानीका ठूला र मझौला तथा विदेशी लगानीका सबैखाले उद्योग अनलाइनबाटै दर्ता हुने
कृष्ण रिजाल
काठमाडौं, ३ माघ ।
सरकारले विदेशी लगानीको स्वीकृति र उद्योग दर्ता अब अनलाइनबाटै गर्ने भएको छ । उद्योगमा आउने स्वदेशी तथा विदेशी लगानीलाई प्रक्रियागत झन्झटबाट मुक्त बनाउन तथा विदेशी लगानीलाई आकर्षित गर्न उद्योग विभागले आइतबारदेखि अनलाइन सेवा सुरु गरेको हो । यससँगै अब उद्योगमा स्वदेशी तथा विदेशी लगानीको आवेदन, दर्ता तथा स्वीकृतिलगायत प्रक्रिया अनलाइनबाटै गरिनेछ ।

उद्योग मन्त्रालयमा आइतबार आयोजित कार्यक्रमबीच उद्योमन्त्री नवीन्द्रराज जोशीले उद्योग विभागको अनलाइन सेवाको उद्घाटन गरे । उनले अनलाइनमा दर्ता भएका तीनवटा उद्योगलाई प्रमाणपत्र दिएर अनलाइन सेवाको औपचारिक सुरुवात गरेका हुन् । उक्त अवसरमा मन्त्री जोशीले नेपालमा लगानीको वातावरण सहज बन्दै गएको भन्दै त्यसको उदाहरण उद्योग विभागले सुरु गरेको अनलाइन सेवालाई समेत लिन सकिने बताए । ‘देश परिवर्तनको चरणमा रहेको र त्यसको सन्देशस्वरूप अनलाइन सेवा सुरु भएको छ,’ उनले भने, ‘यसले औद्योगीकरणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरेका छौँ ।

उद्योग विभागले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफसी)को सहयोगमा अनलाइन सेवा सुरु गरेको हो । यसका लागि आइएफसीको करिब डेढ करोड रुपैयाँ तथा नेपाल सरकारको ५० लाख रुपैयाँ लागतमा उद्योगले अनलाइन सेवा जडान गरेको हो । सफ्टवेयर जडानमा सहयोग गरेको आइएफसीले सञ्चालनमा समेत सहयोग गर्नेछ ।  उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले उद्योग प्रशासनमा सुशासन कायम गर्न अनलाइन सेवाले प्रत्यक्ष एवं परोक्ष सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कुन–कुन सेवा अनलाइनमा ?
अब स्वदेशी लगानीकर्ताले मझौला तथा ठूला उद्योग अनलाइनबाटै दर्ता गराउन सक्नेछन् । साना उद्योग भने अनलाइनबाट दर्ता गरिनेछैन । विदेशी लगानीकर्ताले भने सबैखाले उद्योग अनलाइनबाट दर्ता गराउन सक्नेछन् । विदेशी लगानीकर्ताले विदेशी लगानीको स्वीकृति अनलाइनबाटै लिन सक्नेछन् । त्यस्तै, भिसाको आवेदनसमेत अनलाइनबाटै दिन सक्नेछन् । विभागले भिसाको सिफारिस अनलाइनबाटै गरिदिने महानिर्देशक प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

कसरी लिने अनलाइन सेवा ?
उद्योग विभागको वेबसाइट (धधध।मयष्लम।अयm।लउ) मा गए आफूलाई चाहेको सेवा लिन सकिनेछ । ‘वेबसाइटमा गएपछि विभिन्न सेवाहरूको शीर्षक देखिन्छ, त्यहाँ गएर आफूलाई चाहेको सेवाका लागि अनलाइन एप्लाई गर्नुपर्ने हुन्छ,’ महानिर्देशक कोइरालाले भने, ‘आवश्यकताअनुसार फोन तथा इमेलबाट जानकारी र सहयोगसमेत लिन सकिन्छ ।’

अन्तरनिकाय डाटा सेयरिङ चाँडै
विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयबीच एक महिनाभित्रै स्वचालित रूपमा तथ्यांक आदान–प्रदान प्रणाली (अटोमेटिक डाटा सेयरिङ सिस्टम) सुरु गरिने महानिर्देशक कोइरालाले बताए । यसपछि उद्योग विभागमा बुझाएको विवरण तथा कागजात कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाउनुपर्नेछैन । त्यस्तै, तीन महिनाभित्र राष्ट्र बैंकमा समेत विवरण बुझाउनुनपर्ने गरी अन्तरनिकाय डाटा सेयरिङ गरिने उनले बताए ।

सचेत रहन उद्योगीलाई आग्रह
मन्त्रालयले साइबर क्राइम, डाटा ह्याकिङ र साइबर सेक्युरिटीमा सचेत रहन उद्योगी व्यवसायीलाई आग्रह गरेको छ । ‘अनलाइन सेवा जति सजिलो छ, त्यति नै चुनौतीपूर्ण पनि छ,’ कोइरालाले भने, ‘विभागले आफ्नोतर्फबाट पूर्ण सुरक्षा दिन्छ, तर उद्योगीले पनि त्यतिकै सचेतना अपनाउनुपर्छ ।’