फिस्टेल एयर हेलिकोप्टर दुर्घटना जाँच प्रतिवेदन, एटिसी र पाइलटको कमजोरीले दुर्घटना - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   माघ ०३, २०७३
fistel
फाइल तस्बीर

अच्युत पुरी
काठमाडौं, ३ माघ ।
२४ साउनमा गोरखाको सिर्दिवास गाविस फिलिमबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आइरहेको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटको ककनीआसपास आएपछि पाइलटले विमानस्थलको एअर ट्राफिक कन्ट्रोल टावरसँग सम्पर्क गरे । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय जहाजहरूको यति धेरै चाप आयो कि कन्ट्रोल टावरमा उपलब्ध जनशक्तिले हेलिकोप्टरका पाइलटको सन्देश रिसिभ नै गर्न सकेनन् । ठूला जहाजको चाप भएका वेला हेलिकोप्टरपट्टि उनीहरूको ध्यान कम जाने गर्छ । त्यसपछि ककनीआसपासबाट काठमाडौं छिर्ने प्रयास गरेको हेलिकोप्टरलाई कुन हेलिल्यान्डबाट काठमाडौं छिर्ने भन्ने अलमल भयो । त्यसपछि पाइलटले मैजु पासबाट काठमाडौं छिराउने प्रयासमा हेलिकोप्टर बायाँ मोडेर करिब १५ सेकेन्ड अगाडि बढाएर पुनः ककनीतर्फ नै हेलिकोप्टर फर्काए । त्यसपछि कुइरोमा रुमल्लिएको हेलिकोप्टर नुवाकोटको बेतिनी डाँडास्थित चुच्चेभीरमा ठोक्किएर दुर्घटनाग्रस्त भयो । दुर्घटनामा पाइलट रञ्जन लिम्बू र एक नाबालकसहित ७ जनाले ज्यान गुमाए ।

फिस्टेल हेलिकोप्टर दुर्घटना जाँच आयोगले आइतबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनको निष्कर्ष यो हो । आयोजकका अनुसार विमानस्थलस्थित एटिसी टावरले अधिक चापमा काम गर्नुपर्ने बाध्यताको सिकार यो हेलिकोप्टर बनेको छ । ‘हेलिकोप्टर पाइलटको कमान्डमा हुने भएकाले दुर्घटनामा उनको प्रत्यक्ष हात देखिन्छ,’ दुर्घटना जाँच आयोगका सदस्य वरिष्ठ पाइलट सुवास थापाले भने, ‘तर, एटिसी टावरसँग पाइलटको कुराकानी हुन पाएको भए सायद परिस्थिति अर्कै हुने थियो ।’

दुर्घटनाको मुख्य कारण के थियो ?
जाँच आयोगका सदस्यसचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार कुहिरोमा छिरेपछि हेलिकोप्टरको कमान्ड सम्हालेका पाइलटले विशिष्ट परिस्थितिमा देखाउनुपर्ने कौशल प्रदर्शन गर्न सकेनन् । उनी कुहिरोमा पसेपछि रुमल्लिए, त्यसआसपासको भौगोलिक अवस्थितिप्रति साक्षात्कार हुन नसकेका उनले हेलिकोप्टरलाई ‘क्लाइम्मिङ एटिच्युड’ (उचाइ लिइरहेको)मा उडाइरहेका थिए । सोही क्रममा हेलिकोप्टरको मुख्य पंखाले चुच्चेभीरको चट्टानमा छोयो र दुर्घटना भयो ।

हतारमा थिए पाइलट
पाइलट लिम्बूले सोही दिन रसुवामा उडान गरी काठमाडौं आएपछि अर्को उडान गोरखामा गरेका थिए । २२८६.२६ घन्टा उडान गरिसकेका पाइलट अनुभवी थिए । तर, त्यस दिन उनले गोरखाबाट निकै हतारमा हेलिकोप्टर उडाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जाँच आयोगले जानकारी दिएको छ । गोर्खाबाट उडेदेखि नै हेलिकोप्टरलाई अनावश्यक रूपमा कुनै वेला निकै तल्लो उचाइ र कुनै वेला ज्यादै माथिल्लो उचाइबाट उडाएको आयोगले उल्लेख गरेको छ ।

हेलिकोप्टरमा खराबी थिएन
दुर्घटना जाँच आयोगका सदस्य तथा इन्जिनियर विष्णु बस्न्यातका अनुसार प्राविधिक रूपमा हेलिकोप्टरमा कुनै खराबी थिएन । त्यस दिन काठमाडौं र गोर्खाको मौसमी अवस्था पनि राम्रो थियो ।

यस्ता छन् सरोकारवालाका कमजोरी
जाँचका क्रममा फिस्टेल एयरले पनि हवाई सुरक्षा कायम गर्ने सन्दर्भमा लापरबाही गरेको देखिएको छ । जाँच आयोगका अध्यक्ष हरिभक्त श्रेष्ठका अनुसार फिस्टेलले नेपाल नागरिक उड्डयन प्राधिकरणका मापदण्ड औपचारिकताका लागि मात्र पूरा गरेको तर वास्तविक क्षमता अभिवृद्धिमा काम गर्न सकेको छैन । फिस्टेलका हेलिकोप्टर निरन्तर दुर्घटना हुँदा पनि त्यसको न्यूनीकरणमा ध्यान दिन नसक्नु कम्पनीको लापरबाहीका रूपमा हेरिएको छ । प्राधिकरणले त्रिभुवन विमानस्थलको क्षमता निक्र्योल गर्न नसक्दा धान्न नसक्ने गरी एयर ट्राफिक बढेको उनले उल्लेख गरे । मौसमी उपकरणको अभाव, टावरमा हेलिकोप्टरका पाइलटले बोल्नै नपाउने अवस्था, हेलिकोप्टर रुटको अभाव, राडारहरू नहुँदा नियमित सूचना आदान–प्रदान गर्न नसक्दा पनि यस्ता दुर्घटना हुने जाँच आयोगले उल्लेख गरेको छ ।